Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सिहदरबार बैध्यखानाका बलात्कार गृह बन्दै

$
0
0
काठमाडौं । सिहदरबार बैध्यखानाका डाक्टर लालबाबु साहले बिरामी जाच्ने क्रममा पुन एक अर्की महिला माथि अनुचित ब्याबहार गरेको पिडित युवतीले बताएको छिन । यहि असार ३२ गते बुघबार घुडाको दुखाइको उपचार गर्न पुगेकी महिलालाई डाक्टर लालबाबु साहले यौन दुर्ब्यबहार गरेका हुन् । उनले बिमारी महिलासगै गएको उनको साथीलाई बाहिर बस्न भन्दै बिमारी महिलालाइ एकलाई परेर यौन दुर्ब्यबहार गरेका हुन् । डाक्टर साहले ति महिलाको प्रेप्सिस्कनमा नै आफ्नो मोबाइल नम्बर लेखेर दिएका छन् र उनले महिलालाइ फोन गर्न र कार्यालय समय पछि अफ़ुसग भेट्न दबाब दिएको पिडित महिला ले बताइन । उपचार पाउछु भनेर आएको झन् प्रताडित भए घरमा भनौ भने झगडा होला, घर परिवार बिग्रिएला बाहिर भन्दा इजतको डर .. के गर्नु भन्दै उनले अस्सु चुहाउदै भनिन । यस अघि अघिल्लो महिना गत जेठमा पनि सिहदरबार बैध्यखानामा ग्यास्टिकको उपचार गराउन पुगेकी महिलाले डाक्टर लालबाबु साहबात दुर्ब्याबर भोग्नु परेको थियो ।बिगत तिन महिनादेखि उपचार निम्ति बैध्यखाना धाइ रहेकी महिलालाइ डाक्टर साहले सुरु देखि नै जाच्ने बहानामा सम्बेधन सिल अंगहरुमा हात पुर्याउने गर्दै आएको , पटक पटक मोबाइल नम्बर माग्ने गरेको समाचार सार्बजनिक भएको थियो । त्यस बेला ति युवतीले पनि अफ़ुले फोन नम्बर नदिए पछि डाक्टर साहले डाक्टर को पुर्जी मै आफनो मोबाइल नमार दिएर फोन गर्न पटक पटक भन्दै आएको बताएको थिइन । सिहदरबार बैध्यखानाका डाक्टर लालबाबु साहको यौन दुर्ब्याबहार भोगेकी ति महिलाले आफुले डाक्टर जस्तो मान्छेले यस्तो गर्ला भन्ने कल्पना समेत नगरेको तर डाक्टर साहले सिमा नै नाघेको उनले बताइन । सगै गएको साथीलाई बाहिर पठाएर उक्तदिन डाक्टर साहले तपाईको छाती पनि छेक गर्नुपर्छ भन्दै आफ्नो संबेदनसिल अंग चलाउदै जबर्जस्ति नै गर्न खोजे ।त्यसपछि म हतपत उठेर भागे । डाक्टर साहले पुर्जीमा लेखेको फोन नम्बर देखाउदै उनले भनिन म उपचार खोज्न बैध्यखान गएको झन् मानसिक सास्ती खेप्नु पर्यो यस्तो व्यक्तिलाइ कसले कारबाही गर्ला भन्दै उनले चिन्ता ब्यक्त गरिन । यस बिषयमा सिहदरबार बैध्यखानाका डाक्टर लालबाबु साहसग ९८४९ - ५५९६३० मा पटक पटक सम्पर्क राख्दा उनले अस्विकार गर्न सकेनन र बिषय लाइ नचाली दिन भन्दै घुमाउरो भाषामा आफुवाट गल्ति भएको र भेटेर सबै कुरा बताउने अनुनय बिनय गरे ।आफु फोनमा यस बिषयमा कुरा गर्न नसक्ने भन्दै बरु बसेर कुरा मिलाउ भन्दै उनि फोन सम्पर्कमा नै आउन छोडे ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>