४ श्रावण, काठमाडौं– अनेरास्ववियू त्रिचन्द्र कलेज प्रारम्भिक कमिटी सदस्य प्रेम केसीमाथि खुकुरी प्रहार भए लगत्तै कलेज पुस्तकालयमा भएको छ। केसीमाथि खुकुरी प्रहार गरेपछि आक्रोसित विद्यार्थीको समूहले कलेजको वीपी पुस्तकालयमा आगजनी गरेको हो।
गम्भीर चोट लागेका केसीलाई उपचारका लागि काठमाडौं मोडल अस्पताल भर्ना गरिएको छ। अनेरास्ववियूका प्रचार विभाग प्रमुख अशिष घिमिरेले पुस्तकालय आगजनी आफ्नो संगठनले नगरेको दाबी गरे। 'हामीले आगो लगाएका हैनौं', घिमिरेले भने, 'नेविसंघले झडप भएको देखाउन आगो लगाएको हो।'
- नागरिकन्युज