Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

ओबामाद्वारा नेपालीलाई अवार्ड

$
0
0
न्युयोर्क, मंसिर १३ - अर्घाखाँची जन्मथलो भएका बाला घिमिरे, अमेरिकी राष्ट्रपति स्वंयम सेवक अवार्डबाट सम्मानित भएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा हस्ताक्षरित हवाईट हाउसबाट जारी पत्र अनुसार घिमिरेलाई समुदाय र राष्ट्रको समाजसेवामा योगदान गरेबापत सो सम्मान गरिएको हो ।

सम्मान पत्रमा राष्ट्रपति ओबामाले अमेरिकी जनता, अमेरिका र सम्पूर्ण विश्वका लागि हरेक अमेरिकी जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै घिमिरेको समुदाय प्रतिको योगदानले अमेरिका आफनो वाचाहरु पूरा गर्न अरु नजिक पुगेको उल्लेख गरेका छन् । ओबामाले घिमिरेलाई ओबामाको गृह शहर शिकागोमा रेष्टुरेन्ट व्यवसायमा सक्रिय घिमिरेले ईकान्तिपुर सँगको टेलिफोन कुराकानीमा अवार्डले आफू निकै उत्साहित भएको बताउदैं थप जिम्मेवारी बोध भएको उल्लेख गरे ।

 उनको संक्षिप्त प्रतिक्रिया थियो'राष्ट्रपति ओबामाको प्रसंशाले निकै खुशी तुल्याएको छ ।'त्यसैगरी च्यानल १९ र ३५ मा प्रसारण केवल टेलिभिजन कार्यक्रम एसियन क्रोनिकल युएसले समाजसेवामा सक्रिय भएकै कारण घिमिरेलाई 'एसियाली उदारहणीय नागरिक सेवा अवार्ड २०१३'ले सम्मानित गरेको छ ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>