Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

‘मिस इन्टरकन्टिनेन्टल’मा सहभागी हुने नेपाली चेलीको विकिनी अवतार(फोटो फिचरसहित)

$
0
0
आगामी डिसेम्बर १४ तारिखमा जर्मनीको म्याडगेबर्ग स्थित मारिटिम होटलमा आयोजना हुन लागेको ‘मिस इन्टरकन्टिनेन्टल २०१३’ मा सहभागी हुन मोडल ओशिका न्यौपाने शनिबार त्यतातर्फ प्रस्थान गर्ने भएकी छिन् । यो प्रतियोगिताको ४२ औं संकरणमा नेपालले पहिलो पटक सहभागीता जनाउन लागेको हो ।oscica-neupane-mainविश्वका विभिन्न ५८ वटा देशका सुन्दरीहरुले प्रतिस्पर्धामा सहभागी हुनेछन् । मिस यूनिभर्स हुनु अघि भारतिय नायिका लारा दत्तले यो उपाधी चुमेकी थिइन् । नेपालमा केही समय अघि आयोजना भएको ‘मिस इन्टरनेशनल नेपाल’को उपाधी जितेपछि ओशिकाले यो अन्तरराष्ट्रिय प्रतिस्पर्धामा सहभागीता जनाउन पाएकी हुन् । ओशिकाले प्रतिस्पर्धामा सहभागी हुनुपूर्व विभिन्न तालिम पनि लिइसकेकी छिन् । उनको लागि डिजाइनर विश्व गौतमले इभिनिङ गाउन तथा कार्यक्रमका लागि आवश्यक अन्य पहिरन तयार पारेका छन् । टेलिभिजनकर्मीको रुपमा पनि अनुभव बटुलिसकेकी ओशिकाले पौडी, भ्रमण, नृत्यमा रुची भएको बताइन् । २० बर्षको उमेरमै यो प्रतिस्पर्धामा सहभागी हुन लागेकी ओशिकालाई हाम्रो तर्फबाट पनि सफलताको शुभकामना ।
source ; onlinekhabar
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>