१४ मंङ्सिर, काठमाडौं । कोरियनसँग विहे गरेर कोरिया पुगेकी २६ बर्षीया लक्ष्मी तामाङ अहिले अपाङ्ग नै भएर अस्पतालमा उपचार गराइरहेकी छन ।
घरमा आउदा रक्सी खाएर आएको भनेर ६१ बर्षीय कोरियन श्रीमानले उनलाई कुटेर हातै नचल्ने र अनुहारभरी चोट भएको अबस्थामा अस्पतालमा उपचार गराइरहेकी छन ।
नेपालमा पहिला कपडा पसलमा काम गरेकी लक्ष्मी राइले पछि फाइनन्समा काम गरेकी थिइन । तर, काठमाडौंमा च्याउसरी खुलेका म्यारीज व्युरोले लक्ष्मीलाई पनि कोरियनसँग विहे गरेर कोरिया पुगेर सुन्दर भविष्य राम्रो बनाउने सपनाले तान्यो ।
कठमाण्डौमा रहेको प्रकाश राइको म्यारीज व्युरोलाई झण्डै ४ लाख तिरेर कोरिया पुगेकी लक्ष्मीलाई सोचेजस्तो भएन । विहे गरेको ३ महिनामै उनका कोरियन श्रीमानले उनलाई मरणासन्न कुटेर अपाङ्ग रुपमा अस्पतालमा बसेर उपचार गर्ने अबस्थामा पु¥याइ दिए ।
आफू त्यस्तो अबस्थामा पुगेकी लक्ष्मी भन्छीन “कोहि पनि दिदी बहिनी कोरियनसँग विहे गरेर कोरिया नआउन, यहाँ आउने कोहि पनि खुसी छैनन् मैले धेरैलाई भेटेको छु ।
कोरियामा रहेकी लक्ष्मीकी साथि सोनिया राइ घटनाका विषयमा भन्छिन “ हामी सनिबार सधै भेट्थ्यौ नेपाली नेपाली । सनिबार फोन गरेको उठाएन । अरुबेला उसैले फोन गथ्र्यो तर त्यो दिन गरेन । अनि हामीलाई संका लाग्यो । उ आफै कोरिया हो नेपाल होइन भनेर रक्सी खुवाउने र उसैले पिट्थयो , रक्सीको बोतलले हान्ने र घाटी समात्ने पनि गर्थ्यो ।”