Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

काठमाडौंबाटै सगरमाथा देख्न सकिने, पर्यटकको घुँइचो

$
0
0
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमशृंखला हेर्ने उपयुक्त गन्तव्य बनेको दक्षिण भेगस्थित चम्पादेवीमा पर्यटकको घुँइचो बढ्दै गएको छ ।

विगतमा ओझेलमा परे पनि प्रचार प्रचारपछि विदेशी पर्यटक हिमशृंखलाको अवलोकन गर्न यस क्षेत्रमा प्रतिदिन बढिरहेको छ । ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा अहिलेको सफा मौसममा २ हजार २ सय ५० मिटर उचाइमा रहेको चम्पादेवीबाट नांगा आँखाले स्पष्ट देख्न सकिन्छ भने, मकालु, लाक्पादोर्जे, गौरीशंकरलगायतका हिंमशृखंलासमेत एकसाथ अवलोकन गर्न सकिन्छ ।

अत्यन्त सफा मौसम भएको अवस्थामा पोखराको सुन्दर हिमाल माछापुच्छ्रे समेतको हिमशृंखला पनि चम्पादेवीबाटै देख्न सकिन्छ । सफा मौसममा हिमालका सुन्दर दृश्य देख्न सकिने भएकाले अहिले उक्त क्षेत्र उपत्यकाभित्रको नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गइरहेको छ ।

चम्पादेवीको डाँडाबाट केवल सुन्दर प्राकृतिक दृश्य र हिमशृंखलामात्र होइन, सूर्योदय, सूर्यास्तको पनि अवलोकन गर्न सकिन्छ ।
- कमाण्डर पोष्ट
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>