'हो, हामी छोटा लुगा लगाउँछौं
घरबाहिर निस्केर रमाइलो गर्छौं
रातिको समयमा पनि काम गर्ने हिम्मत गर्छौं
यसको अर्थ यो होइन कि
हामी आफूलाई बलात्कार गर्ने निःशुल्क पास दिइरहेका छौं ।’
सन् २०१२ को डिसेम्बरमा भारतको राजधानी दिल्लीमा एक २३ वर्षीया युवती दामिनी (ज्योतिसिंह पाण्डे) लाई सामूहिक बलात्कारपछि चल्दा-चल्दैको बसबाट फालेर गरिएको नृशंस हत्याको विरोधमा विश्वभरिका मानिसहरूको आवाजमा आवाज थप्दै अमेरिकाको ओक्लोआमा युनिभर्सिटीमा अध्ययनरत पोखरेली छात्रा विमला गुरुङ थिम्जेले आफ्नो आक्रोशलाई फेसबुक स्टाटसमार्फत यसरी पोखेकी थिइन् ।
दामिनी हत्याकाण्ड सन् २०१२ ले छोडेर गएको मानव सभ्यताको इतिहासमै कहिल्यै नमेटिने दाग हो । त्यतिखेर उक्त घटनाको शोकमा भारतका कैयौं फिल्मस्टारले नयाँ वर्ष र आफ्नो जन्मदिन समेत मनाएनन् । अभिनेत्री जया बच्चनले आफू २ बहिनीसहित ३ जना छोरी मात्र भएको परिवारमा जन्मे-हुर्केको सम्झना गर्दै आफ्नो देश अब छोरीहरूका लागि असुरक्षित हुँदै गएको अभिव्यक्ति दिइन् ।
दामिनीमाथि भएको जघन्य हिंसाको सर्वत्र विरोधपछि भारत सरकार बलात्कारको विरोधमा नयाँ कानुन नै बनाउन बाध्य भयो । घटनाको एक वर्ष बितिसकेको छ । यतिखेर दामिनीका हत्याराहरूलाई फाँसीको सजाय सुनाइसकिइएको छ । तर अझै पनि भारतमा महिलामाथि दिनहुँजसो सामूहिक बलात्कारका घटना भएका समाचार आइरहन्छन् । भारतीय केन्द्रीय अपराध अनुसन्धान शाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार त्यहाँ प्रत्येक २२ मिनेटमा एकजना महिला बलात्कारको सिकार हुन्छन् । अझ प्रहरीकहाँ आइनपुग्ने घटना कति होलान् । संसारकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारत यतिखेर महिलाहरूका लागि असुरक्षित बन्दै गएको भन्ने टिप्पणीप्रति स्वयम् लज्जित र नाजवाफ बनेको छ ।
केही वर्ष अघिदेखि नेपालमा पनि महिनैपिच्छे महिलामाथि हुने शृङखलाबद्ध हिंसाका घटनाहरू सुनिनु सामान्यजस्तो हुँदै गएको छ । चाहे त्यो आफ्नै बाबु समानका वीरेन श्रेष्ठबाट बलात्कार र हत्यापछि टुक्रा-टुक्रा पारेर पि|mजमा थन्क्याइएकी १८ वर्षकी ख्याति श्रेष्ठ हुन् वा प्रेम गरेको आरोपमा आफ्नै बाबुबाट जिउँदै जलाइएकी बाँकेकी १६ वषर्ीया शिवा हाशमी । हामीकहाँ पनि महिलाहरू पूर्ण सुरक्षित कहिल्यै पनि थिएनन्, न हिजो न आज न घरबाहिर नत घरभित्र । भरिभराउ दरबारी सभामा आफ्नै देवरबाट वस्त्रहरण गरिएकी द्रौपदीको कथा सगर्व पढिने नेपाली समाजमा आज पनि घरभित्रै आफ्नै शिक्षक, काका, मामा, दाइमात्र नभई स्वयम् पिताबाट समेत छोरीहरूको अस्मिता लुटिएको पढ्नु-सुन्नु दैनिकीजस्तै भएको छ ।
पछिल्लो समयमा महिलामाथि भएका हिंसाका घटनाको प्रकृति हेर्दा भारतसँंग खुला सिमाना जोडिएको नेपालमा यो विकृति त्यहींबाट सर्लक्कै भित्रिएको जस्तो लाग्न थालेको
छ । अझै यतिखेर महिला हिंसा विरुद्धको सोह्रदिने अभियान जारी नै रहेको बेला सार्वजनिक भएको डडेलधुरामा एक म्यादी प्रहरी महिलामाथि प्रहरीबाट नै भएको सामूहिक बलात्कारको समाचारले त वर्षैपिच्छे हुने यस्ता अभियानहरूको औचित्यमाथि प्रश्नचिन्ह उठेको छ भने हाम्रो देशका महिलाको सामाजिक सुरक्षाप्रति देशका सुरक्षा निकायको प्रतिबद्धताको धज्जी उडाएको छ । हुन त 'हिंसापीडित महिलालाई डेढ लाख रुपैयाँ दिने'भनेर एक वर्ष अगाडि तत्कालीन प्रधानमन्त्रीले गरेको घोषणाबाट नै राज्य चलाउने हैसियत राख्नेहरू नै महिलाको सुरक्षाप्रति कत्तिको संवेदनशील छन् भनेर देखिसकिएको हो ।
दामिनी घटनाको संसारभरका मानिसले कडा स्वरमा विरोध गरे । तर विरोधकै बीचमा पनि 'राति-राति केटासँंग नहिंँडेको भए त्यस्तो हुने नै थिएन'भनेर उनकै चरित्रमाथि मसिनो स्वरमा उठाइएका प्रश्नहरू पनि सुनिए ।
नेपालमा पनि कुनै पनि महिलामथि हिंसाका घटना
घट्ने बित्तिकै प्रायः मान्छे उनीमाथि भएको घटनामा सहानुभूति देखाउनभन्दा बढी कुनबेला, कोसँंग हुँदा घटना घटेको भन्ने प्रश्न गर्नमा ध्यान केन्दि्रत गर्छन् । अझ लाजै नमानी 'केटीले कस्तो लुगा लगाएकी थिई'भन्नेसम्मका प्रश्न गर्छन् ।
आज पनि हामीकहाँ घरबाहिर निस्किनै लाग्दा प्रत्येकजसो छोरीलाई आमालेे दिने सल्लाह एउटै हुन्छ, 'चाँडै घर फर्किनु, जमाना ठीक छैन'। हरेक अभिभावक चाहन्छन् कि आफ्ना छोरीबुहारी साँझ नपर्दै घर फर्किउन् र दैलो लगाएर ढुक्क हुन पाइयोस् । यसो गर्नुमा उनीहरूको एउटै तर्क हुन्छ, 'समाज सुरक्षित छैन, महिलाका लागि र उनीहरूले जे गरेका छन्, आफ्ना परिवारका महिलाप्रतिको मायाले नै गरिरहेका छन्'। संरचनागत हिंसाको कुरा गर्दा महिलामाथि हुने यौनहिंसा प्रायः राति वा सुनसान समयमा नै भएको पाइन्छ र उनीहरूको यो तर्क झट्ट सुन्दा ठिकैजस्तो पनि लाग्छ । मध्यरातमा खेतमा पानी लगाउन जानुपर्दा सेनामा भएका आफ्ना श्रीमानको युनिर्फम लगाएर जाने गरेको आफू जवान हुँदाको संस्मरण सुनाउँदै एकजना महिलाले एकचोटी भनेकी थिइन्, 'बरु रातिको समयमा बाघ-भालुको डर लाग्दैनथ्यो, तर मान्छेको डरले गर्दा केटामान्छेको ड्रेस लगाएर जान्थेंँ ।'पुरुषको लुगा लगाएर रातिको समयमा बाहिर निस्किँंदा मनोवैज्ञानिक रूपमा सुरक्षित महसुस गर्ने उनको भनाइबाट पनि स्पष्ट हुन्छ, हाम्रो समाज महिलाहरूका लागि कति असुरक्षित छ, चाहे त्यो गाउँ होस् या सहर । यही सामाजिक असुरक्षाकै कारण देखाउँदै आज पनि अभिभावकले छोरीहरूलाई तुलनात्मक रूपमा सजिला र सुरक्षित मानिने ९ देखि ५ कै 'जागिर खान'सम्झाइ-बुझाइ गर्ने गर्छन् । हरेक कुरामा भारतबाट प्रभावित हामी हिन्दी 'सिरियल'मा सुनिने 'खानदानी घरका केटीहरू राति-राति घर फर्किंदैनन्'जस्ता संवादबाट पनि अत्यधिक प्रभावित रहन्छौं । बाहिर जतिसुकै 'बोल्ड'देखिने महिलाको मनमा पनि रात परेपछि घर फर्किंदा कतै 'खानदानी भइन् कि'भन्ने नजानिंँदो डर रहिनै रहन्छ । अझ कहिलेकाहीं राति 'चेकिङ'मा रहेका सुरक्षाकर्मीले समेत घर फर्किंदै गरेका महिलालाई 'ओहो यति राति-राति नहिंँड्नुहोला'भन्ने उपदेश दिइसकेपछि 'गाह्रो नमान्नुहोला है'भनेर थप्ोको देख्दा उदेक लाग्छ ।
समाजशास्त्री डा. सुरेश ढकालका अनुसार महिलामथि यौनहिंसा बढी हुनुमा हाम्रो समाजको ऐतिहासिक विकासक्रम मुख्य दोषी छ । सानैदेखि समाजमा पुरुष र महिलालाई हुर्काइने तरिका यसमा जिम्मेवार छन् । छोरालाई 'जहाँसुकै गएर जेसुकै पनि गर्न सक्नुपर्छ'भन्ने संस्कार दिइन्छ भने छोरीको लागिचाहिंँ 'घर नै उसको लागि सबैभन्दा सुरक्षित ठाउँ हो'भनेर बारबार महसुस
गराइन्छ । यसले गर्दा हुर्कंदै गरेको छोराको आत्मबल बलियो हुँदै जान्छ भने छोरीको त्यही रूपमा कमजेार हुँदै जान्छ । पुरुषलाई सिकारी र महिलालाई 'भिक्टिम'अर्थात सिकारको रूपमा हेरिने चलनले नै पुरुषलाई महिलामाथि हिंसा गर्न उक्साइरहेको छ । देशको सरकारी सञ्चारमाध्यम रेडियो नेपालले वर्षौंसम्म बजाएको अत्यन्त 'लोकपि्रय'गीत 'कलियुगको बेलामा जोशमा हुन्न होश, उनकै छोरी तरुनी हामीलाई उल्टै दोष'को उदाहरण दिँंदै डा. ढकाल भन्छन्, 'यस्ता गीतहरूले 'महिलाको शरीरमा यौवनको प्रवेश हुनु नै पुरुषलाई महिलामाथि जेसुकै गर्न पनि छुट हुनु हो'भन्ने हाम्रो सामाजिक संस्कारको स्पष्ट प्रतिनिधित्व गरेका छन् । अझै पनि कतिपय पुरुषमा 'महिलाको शोषण गर्न नसके त आफू मर्द नै हुँदिन कि'भन्ने भावना पाइन्छ ।'
लाग्छ, हरेक दिन साँझ परेपछि गाउँ-सहरमा कफ्र्यु लाग्छ र त्यो कफ्र्यु स्त्रीलिंगीहरूका लागिमात्रै हो । सदियौंदेखि व्याप्त यो सामाजिक अवस्थालाई केलाउँदा लाग्छ, हामी महिलाले साँझ नपर्दै घर फर्किदिएर गाउँ, सहर र सडकलाई 'गुन्डा बदमास'कै निम्ति खाली गरिदिएका छौं । साँझ परेपछिको संसारमा उनीहरूकै मात्र एकाधिकार छ र त्यसपछि बाहिर रहेमा हामीमाथि हुने कुनै पनि हिंसाका लागि हामी स्वयम् जिम्मेवार हुनेछौं । अझ स्पष्ट भन्दा छोरीहरूलाई चाँडै घर फर्किन अह्राउने अभिभावकले नै अप्रत्यक्ष रूपमा समाजमा हिंसा गर्नका लागि छोराहरूलाई उक्साइरहेका छन् । छोरीहरूका लागि 'काल जमाना ठीक नभएको'देख्ने अभिभावकले छोराहरूको सम्बन्धमा भने त्यस्तो केही महसुस गर्दैनन् । असुरक्षाको कारण देखाउँदै छोरीहरूलाई रातिको समयमा पनि काम गर्नुपर्ने पत्रकारिता, सुरक्षासेवा लगायत कतिपय सार्वजनिक सेवाका क्षेत्रमा हात हाल्न नदिने बाबुआमा तिनै काम गर्ने आफ्ना छोराको बारेमा चाहिँ 'बिचरोको कामै यस्तो रातबिरात भन्न 'नि पाउँदैन'भनेर सगर्व गफ गर्ने गर्छन् । मध्यरातमा घर फर्केको छोराले 'आज फलानी केटीलाई मज्जाले जिस्काइयो'भनेको सुनेर गर्वले 'मेरो छोरो ठूलो भयो'भन्दै मुस्कुराउने अभिभावक हाम्रो समाजमा अझै पनि प्रशस्तै छन् । विडम्बना, यसो गरेर आफ्नै छोरीको लागि यो समाजलाई असुरक्षित बनाउन आफूले पनि सघाउ पुर्याएका छौं भन्ने उनीहरूलाई थाहै छैन ।
मानवशास्त्री ढकालका अनुसार बदलिँंदो परिवेशमा महिलाहरूलाई घरभित्र मात्रै सीमित रहिरहनु सम्भव छैन । समाजका हरेक वृत्तमा उनीहरूको उपस्थिति देखिनु समयको मागमात्रै नभई उनीहरूको नैसर्गिक अधिकार पनि हो । महिला होस् या पुरुष कुनै पनि नागरिकले जुनसुकै समयमा स्वतन्त्र रूपमा हिंँडडुल गर्न पाउनु उसको वैयक्तिक अधिकार हो र उसको सुरक्षित घरफिर्तीको जिम्मेवारी राज्यको हो, चाहे त्यो राति होस् या दिउसो ।
कसैमाथि पनि कुनै पनि समयमा हुने हिंसाका घटना दुःखद हुन् र तिनमाथि उचित कानुनी कारबाही हुनुपर्छ । परिवार र समाजले हिंसामा परेका महिलालाई उल्टै 'रातबिरात बाहिर हिंँडेर यस्तो भएको'भन्ने लाञ्छना लगाउनु उनीमाथिको थप मानसिक हिंसा हो । बरु सामाजिक सुरक्षाको बलियो प्रत्याभूतिको लागि हामीले आफ्ना परम्परागत मान्यताहरूमै परिवर्तन ल्याउनु र हिंसामा परेका महिलालाई मनोसामाजिक सुरक्षाको महसुस गराउनु जरुरी छ । हरेक प्रकारका लैंगिक विभेदको विरोध गरिने आजको प्रगतिशील समयमा पनि साँझ परेपछिको समाज कुनै लिंग विशेषका लागि निषेधित क्षेत्र बन्नु लैंगिक विभेदकै सबैभन्दा लज्जाजनक उदाहरण हो ।

- कान्तिपुर