Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

चिनिया जहाज किनेपछि नेपालका सबै वायुसेवा युरोपको कालो सूचीमा

$
0
0
२१ मंसिर, काठमाडौं । युरोपेली आयोगले नेपालमा उडान गरिरहेका सम्पूर्ण वायुसेवा कम्पनीलाई युरोपेली युनियन (इयु) अन्तर्गतका मुलुकका उडान गर्न निषेध गरेको छ । आयोगले युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्नसमेत आग्रह गरेको छ ।

आयोगले बिहीबार नेपालका सबै वायुसेवा कम्पनीलाई इयुभित्रका देशमा उडान सञ्चालन गर्न निषेध गरिएको ‘इयु हवाई सूची’ सार्वजनिक गरेको हो । नेपालको उडड्यन इतिहासमा यसरी प्रतिबन्ध लगाइएको पहिलोचोटी हो ।

आयोगले ‘विभिन्न स्रोतबाट प्राप्त नेपालको उड्डयन सुरक्षासम्बन्धी जानकारी तथा नेपाली उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी एवं नेपाली वायुसेवा कम्पनीका अधिकारीको भनाई सुनेपछि इयु हवाई सुरक्षा सूचीमा नेपाली वायुसेवालाई रोखेको बिहीबार जनाइएको छ ।

आयोगका अनुसार अब नेपालका कुनै पनि वायुसेवा कम्पनी युरोप आउन र इयुभित्र उडान गर्न पाउँदैनन् । युरोपेली वायुसेवा कम्पनी र ट्राभल एजेन्टहरुले नेपालमा हवाई यात्रा गर्न नेपाली वायुसेवाको टिकट बुकिङ गरिसकेका युरोपेली पर्यटकलाई उडान नगर्ने जानकारी गराउनुपर्नेछ ।

नेपालमा उडान गरिरहेका प्रमुख वायुसेवा कम्पनीहरुका अनुसार नेपाल आएर जहाजमा यात्रा गर्ने कुल विदेशीको ७० प्रतिशत युरोपेली पर्यटक हुन्छन् । युरोपेली पर्यटक बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटकका रुपमा चिनिन्छन् । ‘यो तथ्यांक हेर्दा अब हाम्रो पर्यटन उद्योग चाँडै ध्वस्त हुनसक्छ,’ एक वायुसेवाका उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने ‘सरकारले चिनियाँ जहाज खरिद गर्ने निर्णय गर्दा त्यसको गम्भीर असर हामी वायुसेवासहित समग्र पर्यटन उद्योगमा पर्ने भो ।’

उनका अनुसार माउन्टेन फ्लाइट, लुक्ला, पोखरालगायत पर्यटकीय गन्तव्य जान युरोपेली पर्यटकले ठूलो परिमाणमा जहाज प्रयोग गर्ने गरेका छन् । तर अब युरोपेली पर्यटकले नेपालका जहाजमा चड्नुअघि गम्भिर रुपमा सोच्ने छन् ।
- नागरिक दैनिक
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>