२१ मंसिर,काठमाडौ ।फेसबुकमा स्टाटस लेखेर विवादमा आऊने गरेका प्रचण्ड पुत्र प्रकाश दाहालले पुनः यस्तै स्टाटस लेखेका छन्।
यसपटक उनको निशानामा नेता नारायणकाजी श्रेष्ठ परेका छन् । उनले नामै नलिकन नेता श्रेष्ठलाई रिटार्यड लाइफमा जान सुझाव दिएका छन् ।
उनले नामै नतोकिकन लेखेका छन् -'हाम्रा महान कमरेड पहिला मिटिंगमा बोल्दैनन् । त्यहि निर्णय सहि भए मैले गर्दा त्यो निर्णय सहि भयो भन्छन् त्यो निर्णय गलत भयो भने हाम्रो नेताले ब्लण्डर गरे रे वा तिम्रो नेतागिरी तिम्रो राजनीति, भन्न त धेरै मन थियो । यति भनौ यस्तो पाराले तिमी राजनीति गरेर आमूल परिवर्तन गर्दैनौ । बरु रिटायर्ड लाईफ लेउ ।'
विवादबाट कत्ति नडराउने प्रकाशले यसो भनेर नारायणकाजी श्रेष्ठलाई नै भन्न खोजेको अनुमान गरिएको छ।
नेता श्रेष्ठ केही समय यता अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईसंग असन्तु्ष्ट रहँदै आएका छन्। श्रेष्ठले केही दिन यता अन्तर्वार्ता दिँदै आफ्ना कुरा नसुन्दा यस्तो भएको समेत बताउने गरेका छन्। यसै प्रसंगमा प्रकाशले मिटिङमा भने नबोल्ने तर बाहिर भने नेतागिरि गरेको भनेर नारायणकाजीप्रति आक्रोश व्यक्त गरेको बताइएको छ ।
प्रकाश दाहाल पार्टीमा जिम्मेदार पदमा त छन् नै एमाओवादी हेडक्वाटरमा पिता प्रचण्डसंग निकै नजिक रहेर काम गर्ने गरेका छन्।