Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सार्वजनिक स्थानमा हस्तमैथुन गर्न पाइन्छ

$
0
0
स्वीडेनको सोडरटन जिल्ला अदालतले हालै एक मुद्दा फैसला गर्दै धेरै मानिस भेला हुने सामुदि्रक तटमा हस्तमैथुन गर्नु कुनै अपराध नभएको बताएको छ। गएको जून महिनामा एक सामुदि्रक तटमा नांगै हस्तमैथुन गरिरहेका ६५ वर्षका एक पुरुषविरुद्धको मुद्दामा न्यायाधीशले ती वृद्धलाई सफाइ दिएका हुन्। अदालती फैसलामा ती पुरुषले सार्वजनिक स्थानमै हस्तमैथुन गरे पनि त्यो कसैप्रति लक्षित नभएकाले त्यसलाई यौनिक अपराध भन्न नमिल्ने कुरा उल्लेख छ। जिल्ला अदालतले गरेको यस्तो फैसलाप्रति सरकारी वकिलले असन्तुष्टि जनाउँदै यसले सामाजिक विकृति फैलाउने जिकिर गरेका छन्। स्मरण रहोस्, स्वीडेन यस्तो देश हो जहाँ केही महिनाअघि एक राजनीतिक दलले पुरुषहरूले उठी-उठी पिसाब गर्न नपाउने कानुन बनाउनुपर्ने र पिसाब गर्दा पुरुषले पनि बस्नुपर्ने नियम बसाल्नुपर्ने माग गरेको थियो।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>