२३ मंसिर, काठमाडौं । संविधानसभा निर्वाचन बहिष्कार गरेको नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले समानान्तर सत्ताको खाका कोर्न थालेका छन् । ललितपुरको कुपन्डोलमा आइतबारदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष बैद्यले पार्टी, सेना र मोर्चाको अवधारणामा आधारित वैकल्पिक सत्ताको खाका प्रस्ताव गर्ने तयारी गरेका छन् ।
पोलिटव्युरो, पदाधिकारी र राज्य समितिका इन्चार्जले पेस गर्ने रिपोटिङका आधारमा बैद्यले केन्द्रीय कार्यालयका तर्फबाट बैठकमा प्रस्ताव पेस गर्नेछन् । सचिव देव गुरुङका अनुसार पहिलो चरणमा राज्य समितिका इन्चार्जले आफ्नो क्षेत्रको रिर्पोटिङ पेस गरेपछि दोस्रो चरणमा वैद्यले आगामी कार्यदिशसहितको प्रस्ताव राख्नेछन् । तेस्रो चरणमा वैद्यको प्रस्ताव केन्द्रीय सदस्यले दिएको सुझावका आधारमा परिमार्जन गरी बैठक सकिने गुरुङले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।
वैद्य माओवादीमा एकीकरण हुन एमाओवादीलाई आह्वान गरिने
दोस्रो संविधानसभा निर्वाचनबहिष्कार गरेको नेकपा–माओवादीले एकीकृत नेकपा माओवादीसँग एकताको प्रस्ताव अघि सार्ने भएको छ । एमाओवादीबाट विभाजित भई मोहन वैद्य नेतृत्वमा गठित माओवादीले हेटौंडा महाधिवेशनले तय गरेको कार्यदिशा उसले त्यागे आफू एकीकरणका लागि तयार रहेको जनाउ दिँदै तत्काल एकता प्रस्ताव अघि सार्ने भएको हो ।
आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा माओवादीले एमाओवादीसँग ससर्त एकीकरणको आह्वान गर्ने प्रस्ताव पारित गर्ने भएको स्रोतले बतायो । माओवादी बैठकको एजेन्डाको रूपमा संविधानसभा निर्वाचनमा एमाओवादीको अस्तित्व समाप्त हुनेसम्मको गतिविधि भएकाले पार्टी एकताका लागि आह्वान गर्ने भएको छ । संविधानसभा निर्वाचनमा असफल हुनुमा एमाओवादीको हेटौंडा महाधिवेशनले लिएको कार्यदिशा नै भएको माओवादी ठम्याइ छ ।
उसले पार्टीलाई बलियो बनाउन र आङ्खनो एजेन्डालाई सफल बनाउन एमाओवादीले हेटौंडा महाधिवेशनले लिएको उत्पादन र समाजवादी क्रान्तिको कार्यदिशा असफल भएको भन्दै त्यसलाई त्यागी पार्टी एकताका लागि आह्वान गर्ने तयारी गरेको हो । माओवादीका एक केन्द्रीय सदस्यका अनुसार पार्टीले आइतबारदेखि सुरु हुने बैठकमा आङ्खनो भावी आन्दोलनको समीक्षा गर्नेछ ।
आफूहरूसँग १० वर्षे आन्दोलनमा सँगै रहेको एमाओवादीले संविधानसभा निर्वाचनमा भाग लिएर ठूलो भूल गरेको माओवादी दस्तावेजमा उल्लेख गरिएको राजधानी दैनिकमा खबर छ । दस्तावेजमा एमाओवादीसँग कार्यगत एकता वा पार्टी एकीकरण दुवैको प्रस्तावसमेत वैद्यले राखेका छन् । ‘एमाओवादीले दोस्रो संविधानसभा निर्वाचनमा प्राप्त गरेको परिणाम कार्यदिशाकै कमजोरीले हो,’ स्रोतले वैद्यको दस्तावेज उद्धृत गर्दै भन्यो, ‘उहाँहरूलाई हेटौंडा महाधिवेशनले लिएको कार्यदिशा त्यागी पार्टी एकतामा आउन आह्वान गर्दछौं ।
’ संविधानसभामा भाग नलिई गोलमेच सभाबाट संविधान निर्माण गर्नुपर्ने बताउँदै आएको माओवादीले एमाआवादी संविधानसभामा भाग नलिए र गोलमेच सभाले नै संविधान बनाउने निष्कर्षमा पुगे ऊसँग कार्यगत एकता हुन सक्ने जनाएको छ । एमाओवादीले भारतसँगको सामीप्य बढाएकोप्रति आपत्ति जनाउँदै आएको माओवादीले केन्द्रीय समिति बैठकमा भारतप्रति पार्टीको साझा धारणा तय गर्ने भएको छ । उसले एमाओवादीको हेटौंडा महाधिवेशनले तय गरेको कार्यदिशा भारतको चासोका कारण पारित भएको आरोपसमेत लगाएको छ ।