Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अवैध यौन क्रियाकलाप संलग्न दुई भारतीयसहित आठ पक्राउ

$
0
0
२३ मंसिर, विराटनगर । विराटनगरको बसपार्कका विभिन्न होटल तथा लजबाट प्रहरीले अवैध यौन क्रियाकलापमा संलग्न रहेका दुई भारतीयसहित आठ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक रामकुमार यादवको नेतृत्वमा खटिएको टोलीले बसपार्कस्थित होटल तथा लजमा छापा मारी शनिबार उनीहरूलाई पक्राउ गरिएको हो ।

बसपार्कमा रहेको एमएस होटललगायतका चमेनागृह र लजबाट चार महिला र चार पुरुषलाई आपत्तिजनक अवस्थामा कोठाबाटै पक्राउ गरेको निरीक्षक यादवले बताउनुभयो ।

केही दिनयता विराटनगर आसपासका क्षेत्रमा अवैध यौन क्रियाकलाप वृद्धि हुन थालेको गुनासो आएपछि प्रहरीले होटल, लज र रेस्टुराँमा छापा मार्ने कार्यलाई तीव्रता दिएको हो 
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351