काठमाडौं ।
‘आ.... होइ....काम पाइएन डिग्री पास गरेर
भैंसी पालम् गामतिर झरेर’
चिन्ता छैन केही
मलाई अमेरिका यही,
मलाई जापान पनि यही
मलाई बेलायत पनि यही
उल्लेखित बोलको गीत अहिले चर्चाको शिखरमा छ । शब्दले नेपाली समाजलाई उतारेको मात्रै छैन, विदेशमा नेपालीहरुले भोग्नुपरेको पीडालाई पनि लयात्मक रुपमा पस्किएको छ ।
सामाजिक सञ्जालहरुमा चर्चित बनिरहेको यो गीत अहिले यूट्यूबमा मात्रै झण्डै डेढ लाखले हेरिसकेका छन् । जबकी यो गीत यु–ट्युबमा आएको तीन साता मात्रै भएको छ ।
देशमा रोगजारी पाइएन भनेर विदेशमा ‘रगतपसिना बगाउन’ जानेहरूका लागि बडो सन्देशमूलक यो गीत सामाजिक सञ्जालहरूमा छाएको छ ।
थुप्रै प्रशंसा कमाएको यो गीत लेख्ने र गाउने पशुपति शर्मा नै हुन् । साथमा सीता केसीको स्वर पनि छ यसमा ।
लय समेत पशुपति आफैले तय गरेको गीतको म्युजिक भिडियोमा पनि उनकै भूमिका छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा दुर्गा पौडलले क्यामरा चलाएका छन् ।