Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

४० वर्षदेखि एक्लै ओडारमा बास I

$
0
0
काठमाण्डौ, मंसीर २३ । 

 धादिङको धुषा गाविसमा पर्ने बरपुकका ५२ वर्षीय आइतराम चेपाङ गाँउ नजिकैको जंगलको ओडारमा ४० वर्षदेखि बस्दै आउनुभएको छ । १२ वर्षको उमेरमा बाबुआमाको मृत्यु भएपछी बेसहारा बनेका आइतरामले यहि ओडारलाई आश्रयस्थल वनाउँदै आउनुभयो । आफ्नो जीवनको चार दशक यहि ओडारमा कष्टका साथ बिताइसक्नुभयो । ओडारमा एक्लै बसेर जिविकोपार्जनका उपायहरु खोज्दै गर्दा अहिलेसम्म विहे गर्न पनि नभ्याएको चेपाङ बताउनुहुन्छ । आइतरामसँग सम्पतीको नाममा पुरानो भईसकेको एउटा भात पकाउने भाँडो अनि निमेक गरेर ल्याएको अन्न र जंगलबाट खोजेर ल्याएको गिठा र तरुल राख्नका लागी बनाएको काठको सन्दुस बाहेक केही छैन । ओडारमा बस्दै आएका आइतरामको अलिकती खोरीयाबारी छ । खासै अन्न उब्जाउ नभएपनि यो खोरीया आइतराम फाँडेर खेतीगर्दै आउनुभएको छ । विहान बेलुका छाक टार्ने कुनै उपाय नभएपछि आइतरामले अहिले डोका डाला बुन्ने काम गर्न थाल्नुभएको छ ।

 डोका डाला बुनेर बिक्री गरेपछि आएको पैसाले साँझ विहानको गर्जो टार्दै आएको उहाँले बताउनुभयो । ओडारनै भएपनि आइतरामले काठको बार हालेर ढोका बनाउनुभएको छ । भित्र जोगाउनुपर्ने मूल्यवान सामान केही नभएपनि वाहिर जाँदा ढोकामा डोरीले बलियोसँग कसेर मात्रै निस्कने गरेको उहाँले बताउनुभयो । गर्मीमा बस्न ठिकै भएपनि जाडोले भने आइतरामलाई निकै सताउँछ । ज्यानमा लगाएको एकसरो लुगा बाहेक अरु केहीछैन उहाँसँग । त्यसैले हरेक वर्ष जाडोमा छेउमा आगो बालेर रात काट्ने गरेको उहाँले बताउनुभयो । नयाँ मान्छे देख्दा मात्रै होइन आफ्नै नातेदार पर्ने भएपनि युवाहरुसँग त्यति नजिक हुन नचाहने आइतराम गाँउका बुढापाकासँग भने कहिलेकाँही भेटघाट गर्नुहुन्छ । 

उहाँ आफ्नो दुःख अरुलाई देखाउन पनि चाहनुहुन्न । नेपाल चेपाङ संघले जनता आवास कार्यक्रम अन्र्तगत घर बनाइदिने बताएपनि अहिलेसम्म उहाँलाई बस्ने घरको व्यवस्था गरिदिएको छैन । आफू गरिब भएकाले कसैले वास्ता नगरेको उहाँ बताउनुहुन्छ । आफ्नो एउटा घर भए विवाह घरेर घरजम गर्ने धोको उहाँको छ । विहे गर्ने धोको भएपनि घर नभएकाले कसैले विवाह गर्न नमानेको उहाँ बताउनुहुन्छ । आफूले बुनेका डोका/डाला पृथ्वी राजमार्गसम्म ल्याएर बेच्नु र कन्दमुल खोज्नुमै उहाँको दिन बित्छ । उमेर ढल्कँदै जाँदा काम गर्ने जाँगर पनि कम हुँदै गएको र बिरामी पर्दा तातोपानी तताएर खुवाउने कोही नहुँदा भने निकै दुःख लाग्ने गरेको आइतरामले बताउनुभयो । उहाँ आश्वासन दिनेले घर बनाइदिनेमा भने अझै आशावादी हुनुहुन्छ । धादिङमा मात्रै करिब १८ हजारको हाराहारीमा चेपाङहरुको बसोबास रहेको छ । 

अधिकांश चेपाङ भूमिहीन र अति गरिब भएकाले उनीहरु निकै कष्टपूर्ण जीवन बिताइरहेका छन् ।
sorce unn 
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351