कोमल गज़ल
*********** आज फेरि एउटा मुटु,टुक्रिएर रोएको छ
जिन्दगीको खुसी हाँसो,निख्रिएर रोएको छ ll
कसको आँखा लागेर हो,भताभुङ्ग भयो जम्मै
प्वालै प्वाल पर्ने गरी उध्रिएर रोएको छ ll
प्रतिकूल भो वातावरण,जति मरिमेट्दा पनि
बारम्बारै परिस्थिति,बिग्रिएर रोएको छ ll
पाएको छ सधैँ भरि,हण्डर अनि चोटहरू
अनगिन्ति आपत विपद, बज्रिएर रोएको छ ll
बाध्यता मा बाँच्नु पर्दा स्वाभिमानै गुम्दो रैछ
सगरमाथा जस्तो शिर,लत्रिएर रोएको छ ll
कर्तव्य र जिम्मेवारी,गाली गर्छन चिच्याएर
गर्नु पर्ने काम जति,उब्रिएर रोएको छ ll
कोमल भट्ट
पुरानो नैकाप -७,काठमाडौँ
हाल:- रोचेस्टर,न्युयोर्क