Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

राशिफल: मंसिर ३०—पुस ६

$
0
0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

Aries
सुरुमा विवादमा परिने सम्भावना छ । बोली, व्यवहारमा संयम रहनु आवश्यक देखिन्छ । तापनि कामका लागि समय अनुकूल रहला । लेनदेनबाट लाभ होला । आँटेका काम सजिलै सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरूले हार खालान् र प्रशस्त धन लाभ हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा थप हौसला मिल्नेछ । सप्ताहान्तमा अरूको भरपर्दा हानि हुने देखिन्छ । अन्यायमा परिएला । विश्वासपात्रबाट धोका पाइनेछ । पेटको खराबीले सताउनेछ, खानपानमा सचेत रहनुहोला । कृषि तथा पशुपालनमा फाइदा होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

Taurus
सुरुको समय रमाइलो रहनेछ । भेटघाटमा रमाउने समय छ । विविध उपहार पाइएला । पार्टी, पिकनिक वा भोजभतेरको आनन्द पाइनेछ । मंगलबारपछि बोली–व्यवहारमा सजगता अपनाउनुपर्ने समय छ । मान र धनमा आघात पर्ला । तापनि बौद्धिक क्रियाकलापमा लाभ मिल्नेछ । सप्ताहान्तको समय अनुकूल रहला । सहयोगीहरूको साथ पाइनेछ । रोकिएका काम सम्पादन होलान् । काममा उन्नति हुनेछ । आफ्नै पराक्रमले आम्दानी बढ्नेछ । शत्रुबाधा र कामका चुनौती हट्नेछन् । प्रेमको बन्धन कसिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

Gemini
सुरुमा स्थानान्तरण वा यात्राको योग छ । काममा अलि बाधा होला । खर्च बढ्नेछ । केही नोक्सानीको समय छ । मंगलबारपछि आफन्तको सहयोगले विशेष काम बन्नेछ । शरीरमा आरोग्य एवं स्फूर्ति बढ्नेछ । रोकिएका काम सम्पादन गर्न सकिनेछ । भेटघाटले आनन्द मिल्नेछ । नयाँ वस्त्र, अलंकार उपभोग गर्ने अवसर छ । विशिष्ट व्यक्तित्वको सहयोग मिल्ला । सप्ताहान्तमा मानहानि र विवादमा परिने सम्भावना छ, बोली–व्यवहारमा सावधानी अपनाउनुपर्ला । बोलीको भरमा महत्वपूर्ण काम बन्ने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

Cancer
व्यावसायिक काममा लाभ होला । रोकिएका कामहरू सम्पादन हुनेछन् । प्रशस्त आम्दानी हातपर्ला । श्रमको उचित मूल्यांकन होला । काममा थप उत्साह बढ्नेछ । मंगलबार र बुधबार आकस्मिक खर्च बढ्नेछ । व्यापारमा मन्दी र केही हानि–नोक्सानीको समय रहनेछ । तापनि, वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । बिहीबारपछि आरोग्य एवं स्फूर्ति बढ्नेछ । विशेष भेटघाटले प्रसन्नता थपिएला । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । सभा–समारोहमा सहभागी भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

Leo
अरूलाई प्रभावमा पारेर काम लिने बेला छ । व्यावसायको सिलसिलामा भ्रमण होला । कर्मसिद्धिको समय छ । सामाजिक प्रतिष्ठा पाइने समय छ । मान–सम्मान बढ्नेछ । प्रशस्त लाभ हुनेछ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी होला । नयाँ काम गर्ने समय आएको छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आम्दानी बढ्नेछ । पुराना साथीभाइ भेटिएलान् । सप्ताहान्तमा भने खर्च बढ्ने, काम रोकिने र चिन्ता बढ्ने समय छ । धैर्य गर्नुहोला, वैदेशिक यात्रा लाभदायक र उत्साहवद्र्धक रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

Virgo
रोकिएका काम सम्पादन हुनाले थप उत्साह बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि धार्मिक, सामाजिक र सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । मंगलबारपछि नयाँ काम र जिम्मेवारी पाइनेछ । राजनीतिक प्रभाव बढ्नेछ । कर्म गरेरै अरूलाई प्रभावमा पार्न सकिनेछ । नोकरीमा पनि उन्नति होला । व्यावसायिक यात्रा सम्भावना छ । गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ । आफ्नो वर्गको नेतृत्व लिने मौका छ । श्रमको उचित मूल्यांकन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

Libra
सुरुमा केही चुनौती सामना गर्नुपर्ला । अस्वस्थता र आर्थिक अभावले सताउला । अरूका काममा बढी समय जानेछ । कामको बोझ थपिनेछ । घरायसी समस्या पनि आउलान् । श्रम गरेअनुसार कम मात्र प्रतिफल पाइएला । मंगलबारदेखि स्थितिमा सुधार आउला । नयाँ जिम्मेवारी पाइनेछ । काम गरेरै अरूलाई प्रभावित पार्न सकिनेछ । सामाजिक प्रतिष्ठा बढ्ने र प्रशंसा पाइने समय छ । रमाइलो भ्रमण वा आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । नयाँ काम पाइनेछ । आम्दानी पनि प्रशस्तै हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

Scorpion
सुरुमा रमाइलो यात्रा गर्ने योग छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला । व्यापार–व्यवसायमा प्रशस्त लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । प्रशस्तै धन आर्जन गर्ने समय छ । मंगलबार र बुधबार भने समय अलि प्रतिकूल रहला । चोटपटक लाग्न सक्छ । स्वास्थ्य कमजोर बन्ने देखिन्छ । साथीभाइबाट धोका हुन सक्छ । घरेलु समस्याले सताउने योग छ । अरूका काममा बढी समय बित्नेछ । सप्ताहान्तमा स्थितिमा सुधार आउला । धर्मकर्म र परोपकारमा धन र समय खर्च गरिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

Sagittarius
शरीरमा स्फूर्ति बढ्नेछ । काममा भने अलि चुनौती सामना गर्नुपर्ला । तापनि अधुरा काम बन्नेछन् । प्रतिस्पर्धी वा शत्रुहरूको चलखेल बढ्ने समय छ, होसियारी अपनाउनुपर्ला । मंगलबार र बुधबार प्रशस्त धन लाभ हुनेछ । प्रेमको बन्धन कसिनेछ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला । व्यावसायिक यात्रा पनि सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । सप्ताहान्तमा भने काममा झमेला र विवादको योग छ । अस्वस्थता र चोटपटक लाग्न सक्छ । विशेष निर्णय गर्न समय पर्खनु राम्रो हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

Capricorn
सुखद समाचारले उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । पेटको खराबीले स्वास्थ्य भने कमजोर बन्न सक्छ । मंगलबारपछि स्थितिमा सुधार आउला । चुनौतीहरूलाई पन्छाउन सकिनेछ । तापनि, विवादमा परिने र शत्रु बढ्ने सम्भावना छ, होसियारी अपनाउनुपर्ला सप्ताहान्तमा आतिथ्यपूर्ण सम्मान पाइएला । प्रशस्त धन लाभ हुनेछ । नयाँ काम थालनी गर्ने समय छ । व्यापार–व्यवसायमा फाइदा होला । प्रेम र मित्रताको गाँठो कसिनेछ । व्यवसायमूलक भ्रमण पनि सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

Aquarius
सुरुमा काम अवरुद्ध बन्नेछन् । विशेष योजना गोप्य राख्नुमै बुद्धिमानी हुनेछ । आफन्तजनसँग असमझदारी बढ्ला । विश्वासपात्रबाट धोका हुन सक्छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्नेछ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापमा पनि बाधा आउला । गुरुजनको रायसुझाव शिरोपर गर्नाले फाइदा हुनेछ । मंगलबारपछि व्यापार–व्यवसायमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित होलान् । काममा चुनौती सामना गर्नुपर्ने समय छ । आर्थिक लाभ मिल्नेछ । सप्ताहान्तमा रमाइलो भ्रमणको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

Pisces
सुरुमा प्रशस्त धन आर्जन हुने योग छ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । काममा सोचेजस्तै सफलता मिल्नेछ । मंगलबारपछि परिवारजनसँग असमझदारी बढ्ने सम्भावना छ । आफन्तजन समेत टाढिनेछन् र अन्यायमा परिनेछ । निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ । सप्ताहान्तमा स्थितिमा सुधार आई कर्मयोगका बाटाहरू खुल्नेछन् । तर व्यवसायमा कम मात्र लाभ उठ्ने र अस्वस्थता बढ्ने सम्भावना छ । पेटको खराबीले सताउला । पढाइलेखाइमा भने राम्रो उन्नति हुनेछ ।

Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>