संवाद डबलीअसार ६, काठमाडौं । राजनीतिक पार्टीका नेता र सरोकारवालाहरुले हालै दार्चुलामा आएको बाढि प्राकृतिक प्रकोप नभएर भारतीय पक्षले धौलीगंगा हाइड्रोपावरका ढाका खोलिदिएपछि भएको बताएका छन् । संवाद डबलीले बिहीबार राजधानीमा गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनीहरुले सरकारका मन्त्रीले धौलीगंगाको पानीले होइन भन्ने अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले बर्षा पहिलो कारण भएपनि धौलीगंगा दोस्रो कारण भएको बताउनुभयो । ‘एकाएक महाकाली नदीमा पानीको बहाफ बढ्यो, बुझ्दा त भारतीय पक्षले धौलीगंगा परियोजनाका ढाका खोलेपछि आएको रहेछ’, प्रवक्ता बडुले भन्नुभयो, ‘परराष्ट्रमन्त्रिलाई सम्पर्क गरे, वास्ता गरेन, प्रमुख जिल्ला अधिकारीले मन्त्रीलाई जानकारी गराउदा उल्टै पो हकारेछन् मन्त्रीजीले ।’ उहाँले भारतीय पक्षले धौलीगंगा परियोजना निर्माण गर्दा नेपाली पक्षसँग लिनुपर्ने सहमति पनि नलिएको बताउनुभयो । सरकारसँग आफूहरुले सर्वपक्षिय समिति बनाएर जाउँभन्दा पनि नमानेकोमा आश्चर्य लागेको प्रवक्ता बडुले बताउनुभयो । कार्यक्रममा बोल्दै एकीकृत नेकपा (माओवादी) का पोलिट्व्यूरो सदस्य लेखराज भट्टले दार्चुलाको क्षति भारतका हेपाह प्रवृति र नेपाल नेता र राज्यको कमजोरीले भएको बताउनुभयो । ‘दार्चुलाको क्षेती मौसमले मात्र भएको होइन, भारतले मनपरि गर्दै बनाएको धौलीगंगा जलविद्युत परियोजनाका ढोका विना जानकारी खोलिदिएपछि भएको हो ।’ मन्त्रीले नै भारतका कारण धौलीगंगाका कारण होइन सार्वजनिक रुपमा भनेकोप्रति भट्टले आपत्ति जनाए । त्यस्तै कार्यक्रममा बोल्दै नेकपा–माओवादीका केन्द्रीय सदस्य शरदसिंह भण्डारीले दार्चुलाको क्षेती प्राकृतिक प्रकोप नभएर भारतको एनएचपिसि लिमिटेडले धौलीगंगाका विना जानकारी धौलीगंगाका ढोका खोलेपछि आएको बाढिले दार्चुला बगाएको बताउनुभयो । ‘भारत सरकारले उक्त कम्पनिलाई कार्वाही गर्नुपर्छ र क्षेतिपुर्ति दिन लगाउनुपर्छ’, भण्डारीले भन्नुभयो, कम्पनिका हाकिम जस्तै गरी स्पष्टिकरण दिनुले उनीहरु उक्त कम्पनिका हाकिम भएको पुष्टि भएको छ ।’ दोषि किटान गर्न र क्षेतिपुर्ति तिराउन विज्ञा, कुटनीतिज्ञको टोली दार्चुलामा पठाउन माग पनि नेता भण्डारीले गर्नुभयो । सरकारका मन्त्रीको भनाईप्रति आपत्ति जनाउदै उहाँले राजनेताले यस विषयमा नबोल्नु नेपाली जनताका लागि धोका भएको बताउदै एनएचपिसि लिमिटेड विरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्धा हाल्नुपर्छ भन्नुभयो । अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्व सभासद् तथा बाढि पीडित गोपालसिंह बोहराले भारतीय पक्षले नेपालसँग सहमति नलिइ धौलीगंगा परियोजना निर्माण गर्दा महाकाली नदीमा बनाएको तटबन्दका कारण दार्चुला बगेको बताउनुभयो । बोहराले भारतले बिना जानकारी पानी छोड्दा समेत मन्त्री होइन भन्दै हिड्ने र नेताहरु नबोलेकोमा आपत्ति जनाउनुभयो । यो राष्ट्रियतासँग जोडिएको घटना भएको पनि बोहराले बताउनुभयो । दार्चुला बग्दा पनि राज्यले तीन दिनपछि मात्र सुनेको भन्दै विभेद भएको बताउनुभयो । लामो समयसम्म दार्चुलाको प्रमुख जिल्ला अधिकरी भइसक्नुभएका पूर्व जलस्रोत सचिव डा. द्वारिकानाथ ढुङ्गानाले दार्चुलाबासीले घारबारविहिन धौलीगंगाले गराउदा समेत मन्त्रीले होइन भन्नु आपत्तिजनक भएको बताउनुभयो । ‘भारतीले बिना सहमति महाकाली नदीमा बनाएको तटबन्द लगाइएको र अहिले जानकारी धौलीगंगाको ढोका खोलेपछि दार्चुला बगेको हो ।’ त्यस्तै अर्का वक्ता जलविज्ञ तथा पूर्व जलस्रोत सचिव सन्तबहादुर पुनले पनि बिना जानकारी धौलीगंगाको पानीले नै दार्चुला बगेको बताउनुभयो । ‘भारतीयले धौलीगंगा परियोजना निर्माण गर्दापनि अन्तर्राष्ट्रिय कानुनको पालना नगरेको थिएन, त्यसलाई हेरेर बस्ने आत्मसमपर्णवादी नेपाली नेताका कारणले दार्चुलाबासीले यो पीडा भोग्नुप¥यो’ पुनले बताउनुभयो ।
↧
‘धौलीगंगाका कारण दार्चुला बग्यो’
↧