अमेरिकाको वाशिंगटन डिसी महानगर क्षेत्रको भर्जिनियामा लक्ष्मी प्रतिष्ठान नेपालका संस्थापक बिष्णु गौतम संग लिइएको छोटो अन्तर्वार्ता l जो कसैले यो अन्तर्वार्ता हेरे र वहाको मुखारबिन्दबाट उद्गार भएका भावनात्मक र सूचना मुलक अभिव्यक्तिले जो कसैको पनि हृदय दुख्न सक्दछ l
नौ महिनाको अन्तरालमा आफ्ना दुई पुत्रहरु एउटा छोरालाई नेपालमा र एउटा छोरालाई अमेरिकामा सडक दुर्घटनामा गुमाएका पिता तथा अभिभावक बिष्णु गौतमले दिएको अन्तर्वाताको निकै सारगर्भित हुन् पुगेको छ l नेपालमा वहाबाट संचालित लक्ष्मी प्रतिष्ठानले यातायात सचेतना कार्यक्रम ,महिला सशक्तिकरण ,स्वास्थ्य क्षेत्र तथा महिला चालक तालिममा अभूतपूर्व काम गर्दै आएको छ l
वहालाई गत नोवेम्बर ३० र डिसेम्बर १ तारिखको दिन अमेरिकाको डिसीमा सम्पन्न भएको तेश्रो अन्तर्राष्ट्रिय साहित्य सम्मलेनले सम्मान गरेको थियो भने यसै कामको लागि वहा नेपालबाट आउनु भएको थियो l
यहि सेरोफेरोमा रही बिष्णु गौतमसंग विजय थापाले
लिएको संक्षिप्त कुराकानी ......