Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

आइमाईले म्वाईं खाएको भन्दै रेखासँग रिसाए राउटे

$
0
0
पुस १, नेपालगन्ज : खाद्यन्न बाँडन र राउटेका बच्चालाई विद्यालय भर्ना गर्ने भन्दै सुर्खेत पुगेकी अभिनेत्री रेखा थापाले राउटेहरूलाई चुमेपछि रेखासँग राउटेहरू रिसाएका छन्। साटाखानी गाविस स्थित झुप्रा खोलाको जंगलमा बसोबास गर्दै आएका राउटेहरूले अभिनेत्री थापाले दिएको चामल समेत लिन अस्वीकार गरेका थिए। 'आइमाईले म्वाईं खाने भन्दै राउटेहरू रिसाए र अभिनेत्री थापाले दिएको चालम लिनै मानेनन्', राउटेकी भन्जी सत्यदेवी अधिकारी (खड्का) ले भनिन्।

'म्वाईं खाने आइमाई दिएको चामल हामीलाई चाहिँदैन, त्यो फिर्ता लानु भनेर मसँग पनि रिसाए', सत्यदेवीले भनिन्''उनीहरूलाई फकाउन गाह्रो भयो। बल्लबल्ल फकाएर उनीहरूको झुपडीसम्म चामल पुर्‍याइयो।'

राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी सत्यदेवीका अनुसार राउटेले चामल लिन नमानेपछि पहिला रेखा थापाले दिएको चालम स्थानिय थापाको घरमा राखियो, पछि फकाएर उनीहरूका घरसम्म पुर्‍याइयो ।

पहिला रुखका पातको छाप्रो बनाए बस्ने राउटेहरू अहिले झुप्रा खोलाको जंगलमा पालको छाप्रोमा बस्दै आएका छन्। अभिनेत्री थापाले जंगलमा बस्दै आएका ५२ परिवार राउटे परिवारलाई एक एक बोरा चामल वितरण गरेकी छन्। अभिनेत्री थापाले हङकङ गएको बेला राउटेका बच्चालाई शिक्षा प्रदान गर्न तथा उनीहरुको सामाजिक आर्थिक अवस्था सुधार्नको लागि सहयोग गर्न अपिल गरेकी थिइन्।

रेखा थापा फाउन्डेसन मार्फत अभिनेत्री थापाले राउटेका बच्चालाई विद्यालय भर्ना गर्नुका साथै नागरिकता समेत उपलब्ध गराउन सहयोग गर्ने घोषणा गरेकी थिइन्। राउटेलाई सहयोग गर्ने भन्दै अहिले अभिनेत्री रेखा थापा सुर्खेत पुगेकी छन्।
- अन्नपूर्ण पोष्ट
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351