एजेन्सी, मुम्बई, ११ मंसिर बलिउडकी बोल्ड गर्ल पुनम पाण्डे आफ्ना प्रसंसकलाई लोभ्याउन कुनै कसर बाँकी राख्दिनन्। उनी आफ्ना प्रसंसकका लागी कुनै सधै एक न एक हट टिप्स दिने गर्दछिन्। पछिल्लो समय 'नशा'चलचित्र अभिनयमा देखिएकी पुनमको यो चलचित्रले ब्यावसायिक सफलता हात पार्न भने सकेन तर पनि उनको माग दिन प्रतिदिन बढ्दो छ। Latest LokGeet + More VideosLatest Today Various Entertainment + More Videos
यीनै अभिनेत्री पुनम पाण्डेले एक आइटम डान्सका लागी पाँच करोड भारु माग गरेकी छन्। सामाजिक संजालमा हरेक समय चर्चामा रहने यी अभिनेत्रीलाई एक कन्नड चलचित्रको आइटमका लागी पाँच करोड दिइएको हो। यो कुराको पुष्टी पुनमले गरेकी छन्। 'मलाई कन्नड चलचित्रको आइटम प्रस्ताव आयो,'पुनमले भनिन्, 'मैले पाँच करोड मागे, त्यो दिइयो।'चलचित्रको एक गीतका लागी हिरोइनलाई भन्दाबढी आफुलाई रकम दिएकोले आइटम आफुले गर्ने निणय गरेको उनले बताइन्। चलचित्र नशा फ्लप भएपनि पुनम एक से एक न्युड तस्बिर सार्वजनिक गरेका कारण चर्चामा छिन्। त्यहि चर्चाका कारण चलचित्रको एक आइटमका लागी पुनमलाई यति धेरै रकम दिएको बताइएको छ।
source ; glamournepal