Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

शव आइपुगे हातमा लेखेको नाम हेरेर लैजानु : खाडीबाट नेपाली चेलीको बेदना

$
0
0

३ पुस, बाँके । ‘मैले यहाँ धेरै दुःख पाएको छु । अब म मर्छु होला । मेरो शव नेपाल आइपुग्छ कि पुग्दैन थाहा छैन । यदी आइपुग्यो भने मैले हातमा नाम लेखेको छु । त्यही हेरेर शव बुझ्नु होला’ खाडी मुलुकमा रहेकी सुर्खेतकी एक महिलाले फोनमा श्रीमानलाई भनिन् ।

साउदी अरबमा रहेकी श्रीमतीले त्यसरी फोन गरेपछि दुई सन्तानका बाबु रामबहादुर (नाम परिवर्तन) तनावमा परेका छन् । उनले जसरी पनि छिटोभन्दा छिटो श्रीमतीको उद्धार गरिदिनुपर्‍यो भन्दै संघसंस्था धाइरहेका छन् ।

आफन्तमार्फत नै २०५९ माघमा ती महिला साउदी पुगेकी थिइन् । मालिकसँग रोईकराई गरेर लामो समयपछि फोनसम्म गर्न पाएकी ती महिलाले बाँच्ने आशा नै मारेकी छन् । श्रीमान रामबहादुर श्रीमतीसँग भएको दर्दनाक फोन संवाद सुनाउँदै उद्धारको पखाईमा छन् ।

सुर्खेतकै माया (नाम परिवर्तन) कुवेत गएको चार वर्ष भयो, तर उनी अझै सम्पर्कमा आएकी छैनन् । चिनजानको मान्छेमार्फत २०६६ मा कुवेत पठाइएकी मायाको अत्तोपत्तो छैन । परिवारलाई मरे-बाँचेको खबर नै छैन ।

यी दुई फरक घटनाका पीडित परिवारले खोजतलास तथा उद्धारका लागि विभिन्न निकायमा निवेदन दिएका छन् । चिनेजानेका आफन्त या दलालमार्फत भारत तथा खाडी मुलुक जाने अधिकांश महिलाको स्थिति यी दुईको भन्दा फरक नरहेको भुक्तभोगीहरुको भनाई रहेको नेपाल समाचारपत्रमा खबर छ । प्रसंगवश विश्वले आप्रपासनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइरहेका बेला यस्ता दर्दनाक घटना भएका हुन् ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351