Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

गोरखा सेवा समाज यूएईको महाधिवेशन फेब्रुअरीमा हुने

$
0
0

गोविन्द ढकाल, अबुधाबी – यूएईमा सन २०१२ जनवरीमा स्थापना गरिएको गोरखालीहरुको साझा संस्था गोरखा सेवा समाज युएईले आफ्नो दुई बर्षे कार्यकाल सफलता पूर्वक पूरा गरेपछि आगामी कार्यकालका लागि आगामी १४ फेब्रुअरी २०१४ का दिन दुबईमा विभिन्न कार्यक्रमका साथ प्रथम महाधिवेशन आयोजना गर्ने भएको छ ।

अध्यक्ष सुरेश ढकालको अध्यक्षतामा दुई बर्ष अगाडि गठन गरिएको पहिलो कार्यकाल पूरा भएपछि गत २० डिसेम्बर २०१३ शुक्रबारका दिन दुबईको मेट्रो पार्कमा अध्यक्ष ढकालको अध्यक्षता, सल्लाहकारहरु महा प्रसाद धिताल तथा गोविन्द ढकालको आतिथ्यता र समाजका महासचिब शिव पोखरेलको  संचालनमा बसेको बैठकले सो निर्णय गरेको हो । महाधिवेशनमा निश्पक्ष र सहज ढंगले निर्वाचन गर्नका लागि समाजका सल्लाहकार गोविन्द ढकालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको छ। त्यस्तै समाजका संरक्षक उत्तम अधिकारीको संयोजकत्वमा पाच सदस्यीय बिधान संशोधन समिति तथा गोरखा सेवा समाज युएइ दुबई क्षेत्रीय समितिका सल्लाहकार नारायण पन्तको संयोजकत्वमा सात सदस्यीय सदस्यता वितरण तथा नबिकरण समिति गठन गरेको छ।

निर्बाचन समितिले आगामी १० जनवरी २०१४ का दिनसम्ममा निर्वाचन आचार संहिता जारी गर्दै  वर्तमान कार्यसमिति भंग गरि नया कार्यसमितिको लागि उमेद्वारीको लागि आह्वान गरिने कुरा निर्बाचन समितिका संयोजक गोविन्द ढकालले बताएका छन् । समाजले युएईमा छरिएर रहेका सम्पूर्ण गोरखावासीहरु एक ढिक्का भई महाधिवेशनलाई सफल पार्नका लागि विभिन्न क्षेत्रमा कार्यरत सबै गोरखालीहरुलाई आग्रह समेत गरेको छ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>