Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

मिसेस युनिभर्स विजेता नेपाल आउने

$
0
0

शिशिर सिंखडा
चितवन, १० पुस
      इप्लानेट नेपालले आयोजना गर्ने मिसेज नेपालको तेस«ो संस्करणमा मिसेस युनिभर्स विजेता क्यारोल लिको सहभागिता रहने भएको छ । मिसेस युनिभर्स क्यारोल लि मिसेज युनिभर्स नेपालको छनौंट चरणको अन्तिम प्रतिष्पर्धाका लागि आगामी फेब्रुअरी २० मा ३ दिनका लागि नेपाल आउने इप्लानेट नेपालका अध्यक्ष तथा मिसेज युर्निभर्सका नेपाल निर्देशक सन्तोष सापकोटाले बताउनु भयो ।
          सो तीन दिने नेपाल बसाइमा उहाले रक्षा नेपालमा आश्रित बालबालिकालाई भेट्ने कार्यक्रम रहेको छ । साथै मिसेज नेपालका  प्रतिष्पर्धीलाई एक घण्टाको घरेलु हिंसाविरुद्धको लागि प्रशिक्षण दिने कार्यक्रम रहेको सापकोटाले बताउनु भयो । उहा वर्ष २०१३ का लागि घरेलु हिंसाविरुद्धका लागि विश्व सद्भावना दुतसमेत रहनु भएको छ ।  प्रतियोगिताका लागि क्षेत्रीयस्तरका विजेताको पनि उपस्थिति हुनेछ । क्यारोलले मिस युनिभर्स २०१३ मा शीर्ष उपाधिसहित मिस पपुलर स्पेसल अवार्ड जित्नु भएको  थियो । यो बाहेक उहा मिसेस मलेशिया युनिभर्स २०१३, पूर्व मिस मलेशिया, पार्क रोयल होटल इम्प्लोयी आफ द इयर १९९३, पार्करोयल होटल सेन्ट्रक (अवार्ड फर कर्टसी १९९३ जस्ता विजेता र सम्मानबाट सम्मानित भइसक्नु भएको छ । इप्लानेट नेपालले सौन्दर्य प्रतियोगिताको इतिहासमा आफ्ना हरेक कार्यक्रममा नयाँ प्रयोग अपनाउँदै हरेक पटक केही न केही नेपालमै पहिलो पटक भनेर आयाम थप्दै आएको छ । २०११ मा मुभि हाउसको भगिनी संस्थाको रुपमा स्थापीत संस्थाले अमेरिकामा बसोबास गर्ने नेपालीलाई लक्षित गरी मिस नेपाल युएसएको प्रारम्भ गरेको थियो ।

Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>