नेपालमा पनि बेला-बेलामा नायिकाहरूको सेक्स टेप सार्वजनिक भएको घटना हामीले सुन्दै र देख्दै आएका हौ । यस्तै, सेक्स टेप सार्वजनिक हुने भिडमा अर्की नायिका पनि थपिएकी छिन् । ती नायिका हुन्ः नीता ढुंगाना ।
तर, नायिका नीता ढुंगानाको वास्तविक सेक्स टेप भने सार्वजनिक भएको होइन् । उनको उक्त सेक्स टेप एक म्युजिक भिडियोका लागी मात्र हो । उनले 'तमाम ती सपनाहरू'गीतको म्युजिक भिडियोमा नीताको सेक्स टेप सार्वजनिक भएको देखाइएको छ । उक्त म्युजिक भिडियोमा नायिका नीताले सेक्स टेप प्रकरणमा परेकी एक युवतीको भूमिकामा अभिनय गरेकी छिन् ।
भिडियोमा उनलाई एक केटाले मायाजालमा फसाएर सेक्स गर्दै गरेको भिडियो खिचिएको र सार्वजनिक गरिदिएको कथा देखाईएको छ । यसरी नीताको सेक्स टेप सार्वजनिक गर्ने बदमासको रूपमा एसराज गराच देखिएका छन् ।
सञ्जिवनीले गाएको उक्त गीतको शब्द गायत्री थापाले लेखेकी हुन् । उक्त गीतले मोबाइल तथा अन्य प्रविधीको दुरूपयोगका कारण यस्तो अवस्था आउने सन्देश दिन खोजिएको छ भने प्रविधीको दुरूपयोग गर्दा कसैले आफ्नै पुरा करिअर नै समाप्त गर्नुपर्ने अवस्थामा पुग्छन् भन्ने सन्देश पनि दिएको छ