Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

पोखराको रेडलाईट एरिया हो ‘बागलुङ बसपार्क !’

$
0
0
सुमन थापा । पोखराका विभिन्न स्थानमा यौनधन्दा हुने गरेका छन् । त्यसमा पनि बागलुङ नयाँ बसपार्कमा रहेको अघोषित ‘रेड लाईट एरियामा ’ खुल्लेआम यौन ब्यवसाय भैरहँदा समेत प्रहरी मुकदर्शक भएको छ । चौविसै घन्टा प्रहरी यही बाटो हुँदै ओहोरदोहोर गर्ने भएपनि देखे नदेखेको गर्न बाध्य भएको छ । प्रहरीका उच्च दर्जाका केही ब्यक्तिलाई सञ्चालकले रकम दिने गरेकाले प्रहरीले यस क्षेत्रमा चाँसो नदिएको स्थानीयको गुनासो छ ।

पोखरामा हुने यौनब्यवासयमा प्रहरीको मिलिमतो रहेको पोखरेलीहरुको आरोप छ । यौन ब्यवसाय चलाउने सञ्चालकहरुले प्रहरीलाई मोटो रकम बुझाउने गरेका कारण यो ब्यवसाय फस्टाउँदै गएको पनि उनीहरुको अरोप छ ।

जिल्लामा सरुवा भएर नयाँ आउने प्रहरी प्रमुखले केही समय प्रचारमा आउन यस्ता अनैतिक क्रियाकलाप विरुद्ध सक्रियता देखाउने गरेका पाईएपनि विस्तारै प्रहरी प्रमुखले अवैद्य यौनब्यवसाय प्रती आँखा बन्द गरिदिँदा यौनब्यवसायीहरु दिन प्रतिदिन बढ्दै गईरहेका छन् ।

बागलुङ बसपार्क वरिपरी रहेका दर्जन बढी होटल, लज रेष्टुरेण्टहरुमा यौन ब्यवसाय सञ्चालन हुँदै आएको छ । यस क्षेत्रमा मात्र सयौंको संख्यामा यौनकर्मी महिला रहेको विभिन्न संघसंस्थाको तथ्याङकमा उल्लेख छ । यौन प्यास मेट्न १६ वर्ष उमेर मुनिका देखि वृद्धसम्म आउने गरेको स्थानीयको भनाई छ । एकपटक यौन सम्पर्क राखेको तीन सय रुपैयाँ ग्राहकले तीर्ने गरेका छन् । ग्राहकले दिएको तीन सय रुपैयाँ मध्ये एक सय देखि डेढ सय रुपैयाँ मात्र यौनकर्मी महिलाले पाउने गरेका छन् । भने, अन्य रकम होटल सञ्चालकले लिने गरेका छन् ।

यस क्षेत्रमा चौविसै घण्टा यौनब्यवसाय सञ्चालन हुने गरेको स्थानीयले बताएका छन् । नाम चलेका ब्यापारीदेखि विभिन्न पेशा र ब्यवसायमा रहेका प्रतिष्ठित ब्यक्तिहरु समेत यौनकर्मी महिलाहरुसँग यौन सम्पर्क राख्दै आएको होटलका एक सञ्चालकले बताए । उनका अनुसार ती ब्यक्तिहरु यौनकर्मी महिला लिएर पोखरा बाहिर जाने गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय कास्कीले विगतमा भन्दा यौन क्रियाकलापमा कमी आएको दाबी गरेको छ । अवैध योनक्रियाकलाप रोक्नका लागि प्रहरीले अभियाननै चलाएको बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता सन्तोष खड्काले प्रहरीले पैसा खाएर यौनब्यवसाय सञ्चालन गर्न दिएको भन्ने आरोपमा कुनै तथ्य नभएको बताए । आरोपका लागि आरोप मात्र भएको खड्काको भनाई छ ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>