Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

बिहे गर्ने उमेर नपुग्दै सम्बन्ध विच्छेद

$
0
0
१२ पुस, स्याङजा । सेखाम गाविसकी २१ वर्षकी रीता थापा (नाम परिवर्तन) र २३ वर्षका श्याम थापा (नाम परिवर्तन) ले बिहे गर्ने उमेर पनि नपुग्दै सम्बन्ध विच्छेद गरे । ५४ महिनाअघि सम्बन्धविच्छेद गरेका उनीहरु बिहे भएको केही समयपछिदेखि नै सँगै बस्न नसक्ने अवस्थामा पुगेका थिए ।

सेतीदोभान गाविसका २५ वर्षकी माया राना (नाम परिवर्तन) र २७ वर्षका राजु राना (नाम परिवर्तन) ले पनि गत आइतबार अदालती प्रक्रिया पूरा गरेर सम्बन्ध विच्छेद गरे । ६ वर्षअघि मागीबिहे गरेका उनीहरुबीच तीन महिनायता खटपट सुरु भएको हो ।

सम्बन्ध विच्छेद गर्न अदालत आएका राजुले भने, ‘भर्खर एसएलसी परीक्षा दिएकी मायालाई बिहे गरेर स्नातक तहसम्म पढाएँ तर आज मलाई नै छाड्न खोजिन् ।’ माया भने आफूले जागिर खान खोजेको तर पतिबाट अनुमति नपाएपछि सम्बन्धविच्छेद गर्न बाध्य हुनुपरेको बताउँछिन् । उनीहरुकी ४ वर्षकी छोरी पनि छिन् ।

यी दुवै दम्पतीले बिहे गर्ने उमेर पनि नपुग्दै सम्बन्धविच्छेद गरेका छन् । मुलुकी ऐन, २०२० महल १७ दफा २ मा संरक्षकको मन्जुरी भएका १८ वार्य र संरक्षकको मन्जुरी नभई गरिने विवाहका लागि २० वर्ष पुग्नुपर्ने प्रावधान रहेको अन्नपूर्ण पोस्टमा खबर छ।

जिल्लामा एक वर्षमा ४४ वटा सम्बन्ध विच्छेद भएको छ । सम्बन्ध विच्छेद गर्नेमा २१ वर्षदेखि ७७ बर्ष उमेर समूहका सम्म छन् । त्यस्तै कतिपयले वैदेशिक रोजगारका लागि अविवाहित रहेको प्रमाणपत्र देखाउन पनि सम्बन्धविच्छेद गर्ने गरेको पाइएको कानुन व्यवसायी युगनारायण श्रेष्ठले बताए ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>