Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

छाप्रामा बास, हातहातमा स्मार्ट फोन

$
0
0
पुस १३, झापा : सामान्य छाप्रोको बास, हातमा स्मार्ट फोन, ल्यापटप र कम्प्युटर, युवापुस्ता तिनै उपकरण चलाउन व्यस्त। सोच्दैनसोचेका उपकरणचलाउन पाउँदा अहिले झापास्थित भुटानी शरणार्थी शिविरका युवाको दैनिकी फेरिएको छ। तेस्रो देशमा पुनर्स्थापित आफन्त र साथीभाइले पठाइदिएका यस्ता उपकरण चलाउन पाउँदा उनीहरू दंग छन्।

शरणार्थी उमा रेग्मीले शिविरमा आयोजित भुटानको १०६ औं राष्ट्रिय दिवसको विशेष कार्यक्रम भिडियो आइफोनबाट खिचिन्। अमेरिका पुनर्स्थापित उनकी दिदीले उपहारस्वरूप आइफोन पठाइदिएकी हुन्। बेलडाँगी शिविरकी रेग्मी भन्छिन्, 'जीवनमा सोच्दै-नसोचेका उपकरण चलाउन पाउँदा खुसी लागेको छ। शिविरको बसाइमा आइफोनजस्ता उपकरण चलाउन पाइन्छ भनेर सोचेका थिएनौं। तर समयले जुराइदियो।'शिविरका २० वर्षखि ३५ वर्षससम्मका शरणार्थी युवाका हातमा स्मार्ट फोन छ।

कतिपयले भने चलाउन नजानेर त्यस्ता उपकरण उतै फिर्ता पठाइदिने गरेका छन्। बेलायतमा पुनर्स्थापित बेलडाँगी-२ का सोमबहादुर कार्कीलाई दिदीले एउटा आइफोन र एउटा सामसुङ मोबाइल ल्याइदिएकी थिइन्। तर आइफोन चलाउन नजानेपछि उतै फर्काइदिएको उनले बताए। उनले भने, 'मलाई दिदीले बेलायतबाट ल्याइदिएको आइफोन फर्काइदिएँ। तर अहिले पछुतो लागेको छ।'

केही शरणार्थी त्यस्ता उपकरण सिक्न अनुभवीकहाँ जाने गरेका छन्। उनीहरू दमक आसपासका क्षेत्रमा ल्यापटप, क्यामेरा तथा आइफोन चलाउन सिक्न जाने गरेको कम्प्युटर इन्जिनियरसमेत रहेका बेलडाँगी शिविरका शरणार्थी शेरबहादुर पाण्डेले जानकारी दिए। त्यस्ता उपकरण चलाउन नजान्नेलाई आफूले सिकाइदिने गरेको पाण्डे बताउँछन्। उनले भने, 'हामीले नसोचेको उपकरण चलाउन पाउँदा खुसी नहुने त कुरै भएन। मैले पनि धेरैलाई सिकाइदिएँ।'

यस्ता उपकरणले विदेशमा भएका साथीभाइ र आफन्तसँग सामाजिक सञ्जामार्फत सम्पर्कमा रहन सहज भएको उनीहरूको भनाइ छ। शरणार्थी सोमबहादुर कार्कीले भने, 'पहिला हामीलाई महँगोमा फोन गर्नुपर्ने बाध्यता थियो। अहिले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले सस्तोमा विदेशमा रहेका आफन्तसँग कुरा गर्न पाएका छौं।'
- अन्नपूर्ण पोष्ट
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>