Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सित्तैमा एक जोर कपडाका लागि हजारौं अर्धनग्नको लाइन (फोटो फिचरसहित)

$
0
0
सित्तैमा पाइने भएपछि मानिसहरु अलकत्रसमेत खान पछि पर्दैनन् भन्ने हाम्रोमा उखान छ । यो मामिलामा हामी मात्र हैन युरोपेली मुलुकका मानिसहरु झन एक कदम अगाडी देखिएका छन् ।

एउटा फेसन स्टोरले एक जोर कपडा सित्तैमा दिने घोषणा गरेपछि हजारौं युवायुवती अर्धनग्न भएर घण्टौं लाइन बसेका छन् । स्पेनिस ब्राण्ड डेजीगलले सुरु गरेको ‘अर्धनग्न आऊ, कपडा लगाएर जाउ’ अफरमा सहभागी हुन युवायुवतीहरु भित्री बस्त्रमात्र लगाएर लाइनमा बसे ।

यो चिसो बिहानीमा इटलीको रोममा बिहान उज्यालो नहुँदै स्टोरअघि सयौं युवा युवती लाइनमा थिए । युवतीहरुले टुपिस लगाएका थिए भने केटाहरुले कट्टुमात्र लगाएर आफ्नो बहादुरी देखाइरहेका थिए ।
लाइन यति चर्को थियो कि बिहान ३ बजेपछि लाइनमा बस्नेहरुले सित्तैमा कपडा लैजाने अबसरसमेत पाएनन् । किनकी फेसन ब्राण्डले सुरुका सय जनालाई मात्र यो अबसर दिने भनेको थियो ।
लाइन बसेका अर्धनग्न तन्नेरीहरु निराश नहोउन भनेर उसले बाँकीका लागि ५० प्रतिशत छुट अफरसमेत ल्याएको थियो । आयोजकका अनुसार सेमिनेकेड पार्टीमा दशौंहजार युवायुवती सहभागी भएका थिए ।
यो ब्रान्डले यसअघि स्पेनको मड्रिडसहितका शहरसँगै लण्डन, टोक्यो र न्यूयोर्कमा पनि सेमिनेकेड पार्टी आयोजना गरिसकेको छ । आगामी साता परिसमा यस्तै पार्टी आयोजना हुने छ जहाँ अर्धनग्न तन्नेरीहरुले सय मिटरको दौड पनि पुरा गर्नुपर्ने छ ।


source : onlinekhabar
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>