(एजेन्सी) केही दिन अघि बलिउड नायक रणवीर कपुरसँग स्पेनको एक समुन्द्री तटमा रोमान्स गरेर चर्चामा रहेकी नायिका केट्रिना कैफ विवाहको तयारीमा यतिखेर ब्यस्त छन् । यो समाचारले भारतीय सिने उद्योगमा ठूलै स्थान पाएको छ ।
तर कुरा के हो भने विवाह उनी आफैको नभई कैफकी बहिनी नताशाको हुँदैछ । त्यसै विवाहको तयारीका लागि अहिले कट्रिनाका परिवाका सबै सदस्य बेलायतको लण्डनमा छन् । समाचार एजेन्सीका अनुसार बहिनीको विवाहमा लगाउने ड्रेसबारे चिन्तित कैट्रिनाले त्यहाँ स्थित विभिन्न फेशन डिजाइनरहरु सँग भेट पनि गरिरहेकी छन् ।