काठमाडौ, पुस २३ – नेपालमा स्वाइन फ्लूका कारण पहिलोपटक मान्छेको ज्यान गएको छ । नर्भिक अस्प्तालमा उपचारका क्रममा राष्ट्रिय योजना आयोगका सहसचिव भवकृष्ण भट्टराईको स्वाइन फ्लूका कारण ज्यान गएको हो ।
नेपालमा अस्पतालमा पुष्टी भएर स्वाईन फ्लूका कारण ज्यान गुमाउने भट्टराई पहिलो व्यक्ति भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जानकारी दिनुभयो । अमेरिका भ्रमणमा गएका सह–सचिव भट्टराई अमेरिकामै विरामी पर्नुभएको थियो ।
‘उहाँमा स्वाईन फ्लूको जीवाणु एन्फ्लूएञ्जा ए पोजिटिभ भेटियो’ नर्भिक अस्पतालका प्रवक्ता आरपी मैनालीले उज्यालोसित भन्नुभयो ‘तीन पटक ल्याव परिक्षण गरेपछि उहाँलाई स्वाईन फ्लु भएको पुष्टि गरिएको हो ।’
सरुवा रोग स्वाइन फ्लु मौसम बद्ली हुँदा देखिने सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले बताउनुभयो । स्वाइन फ्लु हुँदा सामान्य रुघाखोकी, कडा ज्वरो, हातखुट्टा, कम्मर दुख्ने र थकान महशुस हुने लगायत लक्षण देखिने उहाँले जानकारी दिनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भट्टराईको परिवारका सदस्य र निकटहरुको पनि स्वास्थ्य परीक्षण गरिने जानकारी दिनुभयो । स्वाईन फलु लाग्न नदिन विकसित देशमा भ्याक्सिन लगाउने ब्यवस्था भएपनि नेपालमा त्यस्तो ब्यवस्था छैन ।

- उज्यालो