Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

हवाई यात्रामा क्रान्ति ल्याउँदै यो अचम्मको साधन हेर्नुहोस् त !!

$
0
0
Latest तीज गीतहरु + More Videos


एकजना अरबपति वैज्ञानिकले एउटा यस्तो चमत्कारिक तथा अत्याधुनिक हवाइ यातायातको परिकल्पना गरेका छन् जसले हवाइ यात्राको क्षेत्रमा ठूलै क्रान्ति ल्याउनेछ । अनलाइनमार्फत पैसा भुक्तानी गर्ने विश्वको चर्चित संस्था पे पलका एक जना कर्मचारी इलोन मस्कले सौर्य उर्जाबाट चल्ने हाइपरलुप नामक उक्त हवाइ साधन निर्माणको योजना अघि सारेका छन् । हाइपरलुप एउटा ट्युबको रुपमा हुनेछ जसभित्रको क्याप्सुलमा यात्रुहरु बस्नेछन्, त्यसपछि त्यो ट्युबलाई रकेटको शैलीमा उडाइनेछ । यात्रु बोकेको त्यो साधन आकाशमा ध्वनीको गतिमा उड्नेछ र भनेको ठाउँमा अवतरण गराउन सकिनेछ ।
इलोनका अनुसार यो साधनबाट अमेरिकाको लस एन्जल्स देखि सन फ्रान्सिस्को सम्मको दूरी केवल ३० मिनेटमा पार गर्न सकिनेछ । जबकी ३८१ माइलको उक्त दूरी पार गर्न हवाइजहाजलाई एक घण्टा लाग्छ । अर्को रोचक कुरा त के भने यो ट्युबमा चढेर यात्रा गर्ने यात्रुले रकेटमा चढेर अन्तरीक्षमा हुत्तिएको जस्तो अनुभव गर्न सक्नेछन् ।
यो ट्युवरुपी साधनभित्रका क्याप्सुलमा मानिसमात्र नभएर कार र अरु कार्गो सामान समेत पठाउन सकिनेछ । यो हाइपरलुप सटगन जस्तो आकारको हुनेछ जसमा ट्युबहरु अगाडि र पछाडिको भागमा बन्द भएर लूप बनाउनेछ । यो हाइपरलुप ७६० माइल प्रति घण्टाको गतिमा आकाशमा हुत्ताउन सकिनेछ । यो हाइपर लुप साधन बनाउन सुरु गरिने र यसको पूर्ण रुप ५ देखि ७ वर्षभित्रमा तयार हुने दाबी उनको छ । source: onlinekhabar

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>