Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

नेपालमा बाढी पहिरोको पछिल्लो आतंक यस्तो छ हेर्नुस् भिडियो सहित समाचार विवरण

$
0
0
विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । वर्षासँगै आएको बाढी पहिरोमा परी २० जनाको ज्यान गएको छ भने ११ जना वेपत्ता भएका छन् । वाढीपहिरोमा परी दैलेखमा सात, बैतडीमा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई, कालीकोटमा दुई र दार्चुलामा एक गरी २० जनाको मृत्यु भएको हो ।
कालीकोटमा भने पहिरोले बगाउँदा ११ जना वेपत्ता भएका छन् । वाढी पहिरोबाट सयौं जना विस्थापित भएका छन् । कालिकोटको शिपखानास्थित चोक्टेबजार र मेहलमुडीस्थित डंखिलिमा गएको पहिरोमा परी एकै परिवारका चारसहित १३ जना वेपत्ता भएकोमा दुई जनाको शव भेटिएको छ । कालीकोटमा वेपत्ता हुनेहरुमा शिपखानाकी कला थापा, चनतोला शाही, भूपे शाही, कमरा शाही, हिमचुली शाही, सत्य शाही, उनकी श्रीमती सरीता शाही र पाँंच वर्षका छोरा र तीन वर्षीया छोरी रहेका छन् । त्यस्तै, कालीकोटकै मेहलमुडीको डंखिली बजारमा पहिरो जाँंदा मनबहादुर शाही, कृष्ण न्यौपाने र टक्क बम पनि वेपत्ता भएका छन् । दुई जनाको शव फेला परेपनि सनाखत हुन सकेको छैन् । उता, दैलेखको मालिका गाविसको वडा नम्बर ७ मा मोहन कुमालको घर भत्किँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोहन कुमाल, उनकी श्रीमती तुलसा, छोरी विस्ना र सन्तोला तथा छोरा नगेन्द्र, गणेश र खगेन्द्र कुमाल रहेको प्रहरीले जनाएको छ ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>