ललितपुर— एक जना शिक्षकसँग सम्बन्धित झगडाका लागि वैद्य माओवादीको शिक्षक युनियनले ललितपुरका १२ सय ८३ स्कूल बन्द गराएको छ। विद्यालय बन्द गर्ने कार्यमा वैद्य माओवादीकै अखिल क्रान्तिकारी पनि सहभागी छ। डिएभी स्कुलका शिक्षक मुकेश मिश्र र सोही विद्यालयका सहप्रधानाध्यापक रामचन्द्र खनाल र कर्मचारी प्रशान्त समालबीचको विवादको विषयलाई लिएर शिक्षक तथा विद्यार्थी युनियनले ललितपुरका विद्यालय बन्द गराएका हुन्। 'मिश्रको काँधमा बन्दूक राखेर निजी विद्यालयलाई तर्साउने काम भइरहेको छ', ललितपुर प्याब्सनका एक पदाधिकारीले भने- 'यसले गर्दा हजारौं बालबालिका स्कूल जानबाट बञ्चित भएका छन्।' मिश्रको आचारण तथा कार्यसम्पादनमा प्रश्न उठाउँदै विद्यालयले अवकास दिएपछि शिक्षक युनियनको दवाबमा पुनर्बाहली गरेको थियो।
↧