Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

मान्छेले मान्छेकै मासु खाएपछि...

$
0
0
काठमाडौं, पौष २९ । मध्य अफ्रिकी गणतन्त्रको हिंसामा एक जना मानिसले विपक्षी अर्का व्यक्तिलाई मारेर खाएको दाबी गरेका छन् । आफ्नो छोराछोरी, गर्भवती श्रीमती र बुहारीको हत्या गरेपछि रिसले चूर भई आफूले यस्तो गर्नु परेको तिनले बताए । 

बीबीसीसँग कुरा गर्दै उनले आफ्ना परिवारको हत्या गर्नेलाई मारेर मासु खाएको बताए । आफूलाई ‘पागल कुकुर’
भन्ने क्रिश्चियन समुदायका उनले राजधानी बान्गुईमा मुश्लिम व्यक्तिलाई आक्रमण गरेका थिए । 

बसमा गइरहेको उक्त व्यक्तिलाई उनले पिछा गर्दैै बसबाट सडकमा निकालेर पिट्दै आगो लगाएका थिए । 

क्रिश्चियन बाहुल्य मध्य अफ्रिकी गणतन्त्रमा क्रिश्चियन र मुश्लिम समुदायबीच साम्प्रदायिक तनाब हुँदा डिसेम्बरयता एक हजारभन्दा बढी मारिइसकेका छन् । - source : imagekhabar
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>