Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

श्रीमतीको हालत देखेर भावुक बने संजय

$
0
0
(एजेन्सी) बलिउड सुपरस्टार संजयदत्त यी दिनहरुमा पुणेको यरवदा जेलमा दिन काटिरहेका छन् । उनकी पत्नी मान्यता दत्त स्वास्थ्य खराब भएकोे एक महिना भयो । उनले आफनी श्रीमति भेट्नका लागी जब अस्पताल पुगे श्रीमतिको बेहाल देखेर निकै भावुक बने । संजय जुन समयमा परेलस्थित अस्पतालमा गए, मान्यता बेडमा अचेत अवस्थामा थिइन् । सास लिन र फोक्सो दुखाई निकै बढेपछि मान्यतालाई अस्पतालमा भर्ती गरिएको थियो । डाक्टरहरुका अनुसार उनको फोक्सोमा पानी जमेपछि यस्तो समस्या देखिएको हो । डाक्टरहरुले उनको अपे्रशन गरेर फोक्सोमा जमेको पानी निकालेका थिए । अहिले पनि डाक्टरको निरिक्षणमा राखिएको छ । संजय दत्त श्रीमती बिरामी भएको घटनाले निकै दुःखी र रुने गरेको समाचार स्रोतको दाबी छ । संजयले अहिले जीवनका सारा चीज खोसिएको महसुस गर्न थालेका छन् । उनले यो समयसम्म आउँदा आमा नरगिस दत्तको मृत्यु पहिलो श्रीमती रिता शर्मा मृत्युका कारणले पनि निकै दुःखी बनेका छन् । उनको आमा र पहिलो पत्नीको मृत्यु क्यान्सरको कारणले भएको थियो । ५४ बर्षिया संजय दत्त सन् १९९३ भएको मुम्बई बमकाण्डमा अबैध हतियार राखेका कारण दोषी ठहर गरि ५ बर्षको जेल सजाय काटिरहेका छन् । तर, श्रीमती बिरामी भएपछि उनलाई उपचारका लागी एक महिनाको जेलबाट बिदा दिइएको छ । स्रोत : रातो पाटी
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>