Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

एमालेलाई तेस्रो लिङ्गीले भने– ‘ संविधानसभामा हाम्रो प्रतिनिधित्व गराउ’

$
0
0
काठमाडौं, २९ पुस (ओएनएस) : संविधानसभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गराउन नील हिरा समाजले राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।
 
समाजकी अध्यक्ष पिंकी गुरुङ नेतृत्वको टोलीले नेकपा एमालेका सचिव विष्णु पौडेललाई भेटेर मन्त्रीपरिषद्ले मनोनित गर्ने २६ जनामा समलिंगी तेश्रोलिंगीको पनि प्रतिनिधित्व सुनिश्चित गराउन माग गरेको हो । 
 
ध्यानाकर्षण पत्र बुझाउँदै अध्यक्ष गुरुङले संविधानमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार लेख्न समलिंगी तेश्रोलिंगीकै प्रतिनिधित्व हुनुपर्ने बताए ।
 
एमालेले समलिंगी तेश्रोलिंगीको अधिकार सुनिश्चित गराउन पहल गर्ने आशाले पार्टी प्रवेश गरेका समलिंगी तेश्रोलिंगीलाई अव फेरी निराश नबनाउन गुरुङले आग्रह गरे । 
 
नेकपा एमालेले भदौ १७ गते पार्टी प्रवेश गराउँदा समलिंगी तेश्रोलिंगी मध्ये ३ देखि ५ जनालाई समानुपातिकको सूचिमा राख्ने आश्वासन दिएको थियो । समानुपातिमा राख्ने भनेर आश्वासन दिएको एमाले अहिले समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीको अभियानमा मौन बसेकोमा दुख लागेको गुरुङले बताए । 
 
अध्यक्ष गुरुङले संविधान सभामा समलिंगी तेश्रोलिंगीलाई अनिवार्य प्रतिनिधित्व गराउन गंम्भिर भएर लाग्न आग्रह समेत गरे । 
 
विघठित संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिलवावु पन्तले गर्नु भएको थियो । मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको मस्यौदामा समलिंगी तेश्रोलिंगीको अधिकार विवादरहित लेखिएको थियो । तर संविधान लेख्नकै लागि दोश्रो पटक गठन हुन लागेको संविधान सभामा एक जना पनि समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व भएको छैन ।  एमाले सचिव विष्णु पौडेलले समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा प्रतिनिधित्व गराउने विषयमा पार्टीमा छलफल गर्ने बताए । 
 
समाजले नेपाली काँग्रेस, एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा लगायतका संविधान सभामा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेताहरुलाई भेटेर अनिवार्य प्रतिनिधित्व गराउन माग गर्ने जनाएको छ । स्रोत : onsnews
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>