६ माघ काठमाडौं । बैदेशिक रोजगारीका लागि विदेशिने अधिंकाश नेपाली कामदारहरु २५ वर्षभन्दा तलका छन् । एसिया फाउन्डेसन एसोसिएसनले सन् २०१३ लदाई आधार मानेर गरेको एक अनुसन्धानले यस्तो देखाएको हो । अनुसन्धानमा ५७.४ प्रतिशत नेपाली कामदार २५ वर्षभन्दा कम उमेरमा विदेशिने गरेको उल्लेख गरिएको छ ।
अनुसन्धानका अनुसार १५ देखि २० वर्षका नेपाली कामदार १२.९ प्रतिशत, २१ देखि २५ वर्षका ४४.५ प्रतिशत, २६ देखि ३० वर्षका १६.८ प्रतिशत, ३१ देखि ३५ वर्षका १४.९ र ३६ देखि ४० वर्षका १०.९ प्रतिशत कामदार विदेशीमा कार्यरत छन् ।
सरकारले नेपालको मुख्य श्रम गन्तव्य मलेसिया भने पनि कुवेतमा काम गर्न जाने नेपाली कामदारको संख्या धेरै छ । बैदेशिक रोजगारीमा जाने कूल कामदारमध्ये ४१ प्रतिशत कामदार कुवेतमा जाने गरेका छन् ।
फाउन्डेसनले सन् २०१३ लदाई आधार मानेर गरेको अनुसन्धानमा ४१.६ प्रतिशत कुवेत, १५.८ प्रतिशत संयुक्त अरब इमिरेट्स, १४.९ मलेसिया, १३.९ कतार र ११.९ साउदी अरब गएको देखाएको छ । अन्य देशमा १.९ प्रतिशत कामदार रोजगारीको लागि जाने गरेको अनुसन्धानमा उल्लेख छ ।
अन्य देश अन्तर्गत लिबिया, ओमन, बहराइन, लेबनान, इटाली, टर्की पाकिस्तान, ब्रुनाई, स्पेन, दक्षिण अफ्ीका , लेवनान, हङकङ, साइप्रस र यमन छन् ।
नेपाल, भारत र बंगलादेशका विदेशिने कामदारको प्रवृत्तिमा अनुसन्धन केन्दि्रत रहेको थियो । ५१.५ प्रतिशत नेपाली कामदार पाँच कक्षाभन्दा कम अध्ययन गरेका छन् भने ५८ प्रतिशत बंगाली कामदारले निमाविसम्मको अध्ययन पूरा गरेका छन् ।
त्यसैगरी बैदेशिक रोजगारीमा कार्यरत ४६.५ प्रतिशत नेपाली कामदार अविवाहित छन् भने ६२ प्रतिशत बंगाली कामदार अविवाहित छन् ।

- अनलाइनखबर