Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

तयार हुनुहोस्, ‘क्या कमाल’ भन्दै नम्रतालाई जिस्क्याउन

$
0
0
’हे संगीता’ बोलको गीतले अझै पनि यो नाम गरेका यूवतीहरुलाई यूवाहरुले जिस्क्याइरहेका छन् । अब भने नायिका नम्रता श्रेष्ठलाई पनि यूवाहरुले यसरी नै जिस्क्याउने छन् । संचारकर्मी सुव्रत आचार्यले निर्देशन गर्न लागेको चलचित्र ‘अधकट्टी’मा नम्रताको नाम उल्लेख गर्दै एक आइटम गीत तयार पारिएको छ । ‘क्या कमाल, बबाल छौ, हे नम्रता‘ बोलको यो गीतले चर्चा पाउने विश्वास गरिएको छ । यो गीतमा नायिका नम्रता श्रेष्ठले आइटम नृत्य गर्दैछिन् । नम्रताले सिनेमाको गीतमा पहिलो पटक आइटम नृत्य गर्न लागेकी हुन् । चलचित्रमा नम्रता सिनेमाको हिरोइनको पात्रमा देखिदैछिन् । नम्रताको भूमिका खुलाउँदै निर्देशक सुव्रत आचार्यले भने, ‘नम्रता श्रेष्ठ नाममै उनी सिनेमा भित्रको सिनेमामा नायिकाको रुपमा देखिदैछिन् ।’ नम्रतासँग निर्माणपक्षले संझौता गरिसकेको छ । नम्रता पनि आफ्नै नामको गीतमा आइटम नृत्य गर्न निक्कै आतुर रहेको वुझिएको छ । रञ्जित आचार्यले लेखेको यो गीतमा राजन इशानको संगीत, यूवराज चौलागाई, नीशा देशार र राजनकै स्वर छ । चलचित्रमा गौरब पहाडी, रीस्ता बस्नेत, विल्सन विक्रम राई, राजन इशानको अभिनय रहने पक्का भएको छ । चलचित्रको छायांकन माघको अन्तिम साताबाट सुरु हुनेछ । प्रदिपकुमार उदयले निर्माण गर्न लागेको यो सिनेमाको आइटम गीतले नायिका नम्रता श्रेष्ठलाई चर्चामा ल्याउने देखिन्छ । साथमा उनलाई जिस्क्याउने सजिलो तरिका नम्रताका फ्यान र दर्शकले पनि पाउनेछन् । स्रोत : अनलाइनखबर
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>