कल्पना भण्डारी,अर्मजा फिल्मस् युके माघ २०७० ! बेलायतमा छायाँकित पहिलो नेपाली लोक दोहोरी गीत म देखी टाढा नबन …म्युजिक भिडियो सार्बजनिक गरिएको छ ! बेलायतको पहिलो नेपाली फिल्म निर्माण कम्पनी प्रेमिज भिजनले तयार पारेको उक्त म्युजिक भिडियोलाई प्रेम लामाले निर्देशन गर्नु भएको छ ! म्याग्दी लोक तारा कमल बि.क. र पूर्णकला बि.सि.को स्वर . बीबी अनुरागिको संगीत, संचारकर्मी अमित बि.क.को लय, बहादुर पाईजाको शब्द लेखन रहेको यो भिडियो अर्मजा फिल्मस् डट कम , डिसी नेपाल डट कम, ठुलो पर्दा डट कम आदि तथा संचारकर्मी अमित बि.क. को पहलमा नेपाली प्रमुख मिडिया मार्फत माघे सक्रान्ति को शुभकामना सहित सार्बजनिक गरिएको हो ! जसमा बहादुर पाईजा , एन्जी रोका र गोबिन्द अर्मजाले अभिनय गरेका छन् !
बेलायतमै पहिलो नेपाली चलचित्र निर्माण कम्पनी खोलेका तथा बेलायतमै पहिलो सम्पूर्ण छायाँकन सम्पादन गरिएका चलचित्र ‘मेनिका’ र ‘कसुर’ का निर्देशकले निर्देशन गरेको यो लोक म्युजिक भिडियो पनि पहिलो चोटी नै निर्देशन गर्ने अवसर पाएको मा खुसी व्यक्त गर्नु भएको छ ! प्रेम लामाले यो लोक म्युजिक भिडियो पहिलो भएपनि यो भन्दा पहिले ३ दर्जन म्युजिक भिडियो निर्देशन गरिसक्नु भएको छ !
भिडियो हेर्न को लागि येह थिच्नु होला