Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

भगवान बुद्धलाई नाङ्गै पारेकोमा चिनियाँहरु क्रुद्ध (भिडियो सहित)

$
0
0
एजेन्सीः दक्षिणी चीनस्थित एक चलेको रेष्टुराँ रहेको भवनको भित्तोमा भगवान बुद्ध भित्तामा चड्दै गरेको जस्तो देखिने नाङ्गा मुर्तिहरु राखिएपछि स्थानीय अधिकारीहरुले हस्तक्षेप गरेर ति मुर्ति हटाएका छन् ।


स्थानीय एक युवकले उक्त रेष्टुराँको भित्तामा नाङ्गो अवस्थामा रहेको बुद्धको मुर्ति भित्तामा उकालो जाँदै गरेको र अर्को मुर्तिले छानामा कुरिरहेको जस्तो देखिने मुर्तिका तस्विर खिचेर सामाजिक सञ्जालमा शेयर गरेका थिए ।

 


ति मुर्ति कसले र किन त्यस्तो डिजाइनमा बनाएको हो भन्ने प्रष्ट भैसकेको छैन ।


साउथ चाइना मोर्निङ पोष्टका अनुसार स्थानीय युवकले चीनमा प्रसिद्ध रहेको वेइवो साइटमा ति मुर्तिको तस्विर राखेको केही छिनमै सामाजिक सञ्जालमा भाइरल बनेका थिए । र ति मुर्ति स्थानीय अधिकारीहरुले अर्को दिन हटाएका थिए ।


ति मुर्तिलाई खासरी चीनका झेन बुद्ध धर्मालम्बीहरुले आफूहरुको साम्प्रदायिक अपमानकोरुपमा लिएका छन् ।


क्वीनहाइ प्रान्तस्थित झेन बुद्धहरुको गुम्बामा बस्ने स्थानीय माइआओमिङले ति तस्विर देखेपछि आफ्नो आँखामा आँसु आएको बताएका छन् । हजारौं वर्ष पुरानो धर्मप्रति त्यतिधेरै अश्रद्धा आफ्नो देशभित्रै होला भन्ने कहिले नसोँचेको उनले बताए ।

source : nepaliheadlines
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos


Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>