अफगानिस्तानको लाघमान प्रान्तमा एक बन्दुकधारीले पाँचजना स्थानीय क्रिकेट खेलाडीको गोली प्रहारगरी हत्या गरेको छ ।
अफगानिस्तानको लाघमान प्रान्तस्थित अलिङ्गहार जिल्लामा पाँच क्रिकेट खेलाडीमाथि अपरिचित बन्दुकधारीले गोली प्रहार गरी फरार भएको छ । हालसम्म यस आतङ्ककारी आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छ्रैन । तर प्रान्तीय प्रवक्ता सर्हाडि जोउकले यस आक्रमणमा तालिवान आतङ्ककारीकै हात रहेको दावी गरेका छन् ।
तालिवानको शासनकालमा उनीहरुले खेल र सार्वजनिक समारोहमा प्रतिबन्ध लगाउने गरेका हुनाले अहिले पनि यस्ता कार्यक्रमको तालिवानले विरोध गर्दै आएका छन् । महिला पत्रकारको हत्या
अफगान राष्ट्रपति हमिद कारजायीले एक वक्तव्य प्रकाशित गरी आक्रमणको घोर निन्दा गरेका छन् । यसैबीच दक्षिण हेलमान्ड प्रान्तका प्रवक्ता ओमार जवाकल ९ माघ राति एक पत्रकारको शव भेटिएको बताएका छन् । जवाकका अनुसार ३० वर्षीया पत्रकार नुर अहमद नुरी स्थानीय रेडियोमा कार्मचारी हन् । नुरको एक दिन अगाडि अपहरण भएको पनि जवाकले जनाकारी दिएका छन् । एपी
source: himalkhabar