Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

दुई सय नेपाली कर्मचारीको विदेशी ‘पीआर’

$
0
0
५ भदौ, काठमाण्डौं । दुई सयभन्दा बढी उच्च सरकारी अधिकारीले विदेशमा घरजम गरेर बस्न पाउने पर्मानेन्ट रेसिडेन्स लिएको खुलासा भएको छ । देश र जनताको सेवा गर्ने शपथ खाएका उच्च अधिकारी विदेशी नागरिक बन्ने प्रक्रियामा सामेल भएको तथ्य खुलेपछि सरकारले यसबारे छानविन थालेको छ ।
पत्नी वा पतिलाई विदेशको पर्मानेन्ट रेसिडेन्स (पीआर) लिन लगाएर आफू पनि सम्बन्धित मुलुकको नागरिक बनेको वा बन्ने प्रक्रियामा लागेको तथ्यका आधारमा सरकारले छानविन सुरु गरेको हो । उनीहरुमाथि कस्तो कारबाही गर्ने भन्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कानुनविज्ञसँग परामर्श लिएर गृहकार्य गरिरहेको छ ।
मुख्य सचिव लीलामणि पौडेलले विदेशको पीआर तथा नागरिकता लिएका वा लिने प्रक्रियामा संलग्न कर्मचारीबारे छानविन भइरहेको बताए । उनले भने, ‘सरकारी सेवामा कार्यरत रहँदै विदेशी नागरिक बन्नु वा बन्ने प्रयास गर्नु मुलुकप्रतिको ठूलो गद्दारी हो । यस्ता कर्मचारीमाथि कडा कारबाही हुन्छ ।’
पौडेलले विषय निक्कै गम्भीर भएकाले यसको कानुनी तथा व्यवहारिक पक्षबारे गहन गृहकार्य भइरहेको बताएका छन् ।
- अन्नपूर्ण पोस्ट दैनिक
Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351