Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

हिन्दू धर्मावलम्बीहरुले रक्षा बन्धन बाँधेर जनै पूर्णिमा पर्व मनाउछन् !

$
0
0
जनै पुर्णिमा घर घरमा रक्षा बन्धन बांधेर मनाउने गरिन्छ | बिशेषत हिन्दू धर्मावलम्बीहरुले रक्षा बन्धन बाँधेर जनै पूर्णिमा पर्व मनाउछन् । साथै तागाधारीहरुले नयाँ जनै ग्रहण गर्दछन । पुरोहितद्वारा मन्त्र गरिएको डोरो बाँध्दा दैत्यराज बलीको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गरिन्छ । यस पर्वमा सप्तऋषिहरु कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्ववामित्रलाई तर्पण पनि दिइने भएकाले यस दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ । नेवार समुदायमा भने गुन्हु पुन्ही भनेर मास, भटमास, मुग, ठूलो केराउ, सानो केराउ, चना, सिमी र बोडी नौ प्रकारका गेडागुडी मिसाइ पकाएको क्वाटी खाने चलन छ । काठमाडौं उपत्यकामा किसानहरु आ–आफ्ना खेतमा गएर भ्यागुताको पूजा गर्ने भएकाले उनीहरु यस पर्वलाई ‘ब्याँ जाः नकेगु पनि भन्ने गर्दछन् । यसदिनको अवसर पारेर गोसाईंकुण्ड, मणिजूड दह र ललितपुरको कुम्भेश्वर लगायत देशभरका मठ, मन्दिर र कुण्डहरुमा मेला लाग्ने गर्छ ।
Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>