Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सुत्केरीको मृत्युपछि ओम अस्पतालमा तनाव (भिडियोसहित)

$
0
0
काठमाडौं, माघ १७ । सुत्केरी महिलाको मृत्यु भएपछि राजधानीको ओम अस्पतालमा तनाव भएको छ । ताप्लेजुङ सिनाम गाविसकी २८ वर्षीय शोभा थेबे लिम्बुको सुत्केरी गराएपछि गएराति मृत्यु भएको थियो । सुत्केरी व्यथा लागेपछि उनलाई चार दिन अगाडि ओममा भर्ना गरिएको थियो । चिकित्सकले लापरबाही गर्दा सुत्केरीले ज्यान गुमाउनु परेको आरोप पीडित पक्षको छ । उनीहरुले पीडित पक्षलाई क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गरेका छन् ।
यता, अस्पतालले भने चिकित्सकबाट लापरबाही नभएको भन्दै पीडितको गुनासा सुन्न र समस्या सामधान गर्न तयार रहेको बताएको छ । अस्पतालका अध्यक्ष डा. भोला रिजालले रक्तनलीमा रगत जमेको र उपचारको क्रममा मृत्यु भएको भन्दै दुःख व्यक्त गरेका छन् ।
सुत्केरीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा ढुंगामुढा गर्दा प्रहरी र पीडित पक्षबीच केहीबेर झडपसमेत भएको थियो ।
source : imagekhabar
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>