केही दिनअघि काठमाण्डौका दरबारमार्गमा एक आइटम गीतमा नृत्य गर्दै गर्दा नव कलाकार अर्चना देलालाको प्रशंसा गर्ने धेरै नै भेटिए । निर्देशक कमलकृष्णले आइटम गीतमा अर्चनाले सबैलाई मात खुवाउने विश्वास गर्दै थिए ।यसअघि ढुवानी सिनेमामा छलक-छलक बोलको गीतमा अभिनय गरेपछि अर्चनालाई धेरैले नायिकाभन्दा पनि आइटम गर्लको रुपमा चिन्न थालेका हुन् । दमदार चलचित्रको जिक ज्याग जवानी बोलको गीतले उनलाई अझै स्थापित गर्ने विश्वास थियो कमलकृष्णको ।
आइटम गर्ल भन्ने बित्तिकै नायिका सुष्मा कार्कीको नाम धेरैले सम्भिmन्छन् । चलचित्र लूटको उध्रेको चोली नै सुष्माको आजसम्मको सफल गीत हो । तर यही गीतले सुष्मालाई नायिका भन्दा आइटम गर्लको परिचय दिएको छ । नेपालमा आइटम नृत्य गर्ने युवतीहरु नआएका होइनन् । तर आइटम गीतलाई अंगप्रदर्शन गर्ने सजिलो माध्यम बनाइँदा धेरैको भविष्य चम्केको भने छैन ।आखिर आइटम गीतमा सुष्मा कार्कीलाई उछिन्ने को होला ? सुष्माको विकल्पमा कसले गर्ला आकर्षक आइटम नृत्य । अहिले यस्तै खोजी भइरहेको छ । जसले अंगप्रदर्शन गर्न सक्छ, जो खुलेरै नाच्छ, यस्तै युवतीहरु आइटम गीतका पहिलो रोजाइ बनेका छन् । तर आइटम नृत्यलाई सजिलो रुपमा लिइँदा कसैले पनि सफलता पाएका छैनन् । ढुवानी चलचित्रको आइटम गीतबाट नै सफलता कमाएकी अर्चनालाई दमदारले कत्तिको दमदार सफलता दिने हो त्यो त समयले नै बताउनेछ । तर यतिबेला सिने बजारमा सुष्मा कार्कीलाई उछिन्ने आइटम गर्लको भने खोजी भइरहेको छ ।