Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सर्वाधिक मुर्ख'व्यक्तिलाई युएईमा फाँसी.. |

$
0
0
१८ माघ,एजेन्सी ।  युनाइटेड अरब इमिरेट्स(युएई)को एक अदालतले महिला हत्याको आरोपमा एक भारतीय कामदारलाई मृत्युदण्डको सजाय सुनाएको छ।

ती व्यक्तिकै वकिलले उनलाई संसारकै सवै भन्दा मुर्ख मान्दै 'सर्वाधिक मुर्ख'को उपमा दिएका थिए।

 

मृत्युदण्ड पाउने व्यक्ति ती वर्ष पहिले युएई सरकारका एक अधिकारीको भान्समा काम गर्दथे ।

ती व्यक्तिको नजिकैको घरमा काम गर्ने महिला कामदारसँग सम्वन्ध थियो। जब महिला कामदारले आफू गर्भवती भएको सुचना दिइन् उनले पिटेर हत्या गरिदिए। महिला कामदारले उनलाई बलात्कारको आरोपमा फसाउने धम्की दिएकी थिइन्।


तर ती व्यक्ति र महिला कामदारबीच कुनै शारीरिक सम्वन्ध स्थापति भएको थिएन्। तर उनले महिलाको कुरा विश्वास गरे र हत्या गरे। त्यसैले उनकै वकिलले उनलाई सर्वाधिक मुर्ख व्यक्ति भन्न बाध्य भएका थिए।

 

महिला कामदारसँग ती व्यक्तिको भेट फोहोर फाल्ने क्रममा भएको थियो। एक दिन महिलाले आफू काम गर्ने घरमा उनलाई बोलाएकी थिइन्। सो समयमा महिला कामदारको घरका मालिक छुट्टी मनाउन भएका थिए ।सो समयमा उनीहरु बीच 'रोमान्टिक'कुराकानी भए तर अंगालो मार्ने भन्दा कुरा अगाडी बढेन, मृत्यु दण्ड पाउने व्यक्तिका वकिलले बताए।

 

एक हप्ता पछी ती महिलाले फेरी उनलाई बोलाइन् तर गर्भवती भएको सुचना दिइन्।

 

भारतीय यती कामदार बुद्धु थिए कि बिना शारीरिक सम्पर्क र त्यो पनि एकै हप्तामा गर्भवती भएको महिलाको दाबी पत्याए र उनको हत्या गरिदिए। उनलाई अदालतले मृत्युदण्डको सजाय सुनाइसकेको छ तर उनको मुर्खताको भने सर्वत्र चर्चा छ ।

source : nepaliheadlines
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos


Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>