Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

गर्लफ्रेण्ड छैन ? चिन्ता नगर्नुस, ‘भ्यालेन्टाइन डे’मा यसरी पत्याउनुस न !

$
0
0
‘भ्यालेन्टाइन डे’ ढोकैमा आइपुग्यो । यो पश्चिमा संस्कृतिको प्रवेशसँगै धेरै टीनएजर ठिटाहरुलाई चिन्ता हुन्छ, कसरी गर्लफ्रेण्ड बनाउने ? किनकी यो दुनियाँमा अब गर्लफ्रेण्ड पनि प्रतिष्ठाको बिषय बनिसक्यो, गर्लफ्रेण्ड नहुनेहरु असक्षम ठहरिन्छन् ।

तर, भन्नासाथ कहाँ जोडी पाइन्छ र ?

प्रविधिको दुनियाँमा तपाईलाई यो कुनै ठूलो समस्या हैन । तपाई सजिलै दुनियाँलाई मूर्ख बनाउन सक्नुहुन्छ कि तपाईसँग गर्लफ्रेन्ड छ । त्यतिमात्र हैन, तपाई उसँग रोमान्स पनि गरिरहनुभएको छ ।

यसका लागि तपाईले यी जापानी युवाबाट केही सिक्नुपर्छ ।

काइस्की जेनुसीका इन्टाग्राम फलोअरहरुले उनको प्रेमिका छन् भन्ने लाग्नु स्वभाविक हो । किनकी उनले किस गर्दै गरेको तस्वीरहरु राखेका छन् ।

तर, कहिले काँही देखेको कुरा सत्य नहुन सक्छ । किनकी बास्तवमा जेनुसीको प्रेमिका छैन । टोक्योका २८ वर्षीय जेनुसीले प्रविधीको प्रयोग गरेर अरुलाई उल्लु मात्र बनाएका छैनन्, आफैले प्रेमिका भएको झैं आत्मसन्तुष्टि पनि लिइरहेका छन् ।

उनले महिलाको जस्तो लामो कपाल भएको मुखुण्डो प्रयोग गरेर सेल्फी तस्वीर खिचेर इस्टाग्राममा राखेका छन् । उनी आफ्नो यो शैलीलाई ‘वान म्यान डेट’ भन्छन् । उनले कसरी यस्तो तस्वीर खिचियो भनेर ब्लगमा केही रहस्य खोलेका छन् ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>