Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

महिनावारी हुँदा स्कुल छिर्न पाउँदैनन् शिक्षिका

$
0
0
२३ माघ, बाजुरा । सदरमुकाम मार्तडीको जनप्रकाश प्रावि रुतुडामा कार्यारत शिक्षिका महिनावारी भएका बेला विद्यालय जाँदैनन् । शिक्षिका अनुपस्थित रहेको दिन बालबालिकालाई पनि घर फर्काइन्छ ।

विद्यालय हातामा रतुडा देवताको मन्दिर छ । महिनावारी भएका महिलाले मन्दिर नजिक जानु हुँदैन भन्ने सामाजिक मान्यताका कारण शिक्षिकालाई गाउँ समाजले नै विद्यालय आउन रोक लगाएको हो । ‘हरेक महिना शिक्षिका चार दिन गयल हुन्छन्’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर आयडीले भने, ‘उनीहरु विद्यालय नआएको दिन बालबालिकालाई घर फर्काउनुपर्छ ।’

महिनावारी भएकाले विद्यालय क्षेत्रमा आए देउता रिसाउँछन् भन्ने मान्यताले यस्तो समस्या रहेको अयडी बताउँछन् । आफूले पटक पटक यो परम्परा तोड्न प्रयास गरे पनि गाउँले अभिभावक सहमत नहुँदा केही गर्न नसकेको प्रधानाध्यापक प्रकाश आयडीले बताएको कान्तिपुर दैनिकमा खबर छ । 

तीन कक्षासम्म पढाई हुने उक्त विद्यालयमा ५५ बालबालिका अध्ययनरत छन् । विद्यालयमा निरा कार्की प्रावि तहकी शिक्षिका हुन् भने अनिता पाध्याय शिशु कक्षामा पढाउँछिन् ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>