Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र १५ हजारमा बेचिए

$
0
0
काठमाडौं, २५ माघ। पूर्वाञ्चल विश्वविद्यालयको ब्याचलर अफ पब्लिक हेल्थ (बिपिए) विषयका प्रश्नपत्र १५ हजारका दरले बेचेको खुलासा भएको छ । प्रि–बोर्ड परीक्षामा बेचिएको प्रश्न अन्तिम परीक्षामा हुबहु छ ।

पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनप्राप्त क्याम्पसका सञ्चालकहरूको संस्था पब्लिक हेल्थ डेभलपमेन्ट कमिटीले दुई साताअघि प्रत्येक कलेजलाई ‘प्रि–बोर्ड एक्ज्यामिनेसन २०७०’ परीक्षामा बेचेको प्रश्न अन्तिम परीक्षामा हुबहु आएको छ । सो विषयको २३ माघमा परीक्षा सञ्चालन भएको थियो । प्रि–बोर्ड परीक्षा भने ६ माघमा भएको थियो ।

८० नम्बरको प्रश्नपत्रमा दुईवटा प्रश्नको सामान्य शब्द फरक पारे पनि अरू हुबहु छ । जम्मा १० वटा प्रश्न गरिएकामा आठवटाको मात्र उत्तर दिनुपर्ने प्रश्नपत्रमा उल्लेख छ । प्रि–बोर्ड र बोर्ड परीक्षामा प्रश्न नं. १ मा उही उत्तर आउने गरी शब्दहरू फरक पारेर प्रश्न गरिएको छ । यसैगरी प्रश्न नं. १० मा दुईवटा छोटो उत्तर लेख्नेगरी प्रि–बोर्डमा चारवटा र बोर्डमा एउटा कम गरी तीनवटा प्रश्न दिइएको छ ।

अनेरास्ववियुकी पूर्वाञ्चल इन्चार्ज सुनिता बरालले शैक्षिक माफियाहरूले पूर्वाञ्चल विश्वविद्यालयका प्रश्नहरू बिक्री गरिरहेको आरोप लगाइन् । उनले भनिन्, ‘पब्लिक हेल्थ डेभलपमेन्ट कमिटीले प्रत्येक कलेजलाई १५ हजारमा नमुना प्रश्नपत्र भन्दै बिक्री गरेको पाइयो ।’

पब्लिक हेल्थ डेभलपमेन्ट कमिटीले पब्लिक हेल्थ विषय पढाइ हुने क्याम्पसमा प्रश्न बेचेको तर जानकारी माग्दा नबेचेको बताएको बरालको भनाइ छ । उनले भनिन्, ‘कमिटीका अध्यक्षसँग बुझ्दा नमुनाका रूपमा दिएको हो, बेचेको होइन भन्नुभयो ।’ कमिटीको अध्यक्षमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त होप कलेजका सञ्चालक सलावदिन मियाँ छन् ।

मियाँले प्रि–बोर्ड परीक्षामा सम्बन्धित विषयको शिक्षकलाई प्रश्न बनाउन दिएको, तर बोर्ड परीक्षामा आफू र आफ्नो कलेजका शिक्षक संलग्न नभएको दाबी गरे । ‘हामीले कुनै विद्यार्थी र कलेजबाट पैसा लिएका छैनौँ, तर प्रश्न बनाउने शिक्षकलाई पैसा दिनुपर्छ भनेका छौँ,’ मियाँले भने, ‘हामीले १२ वटा कलेजबाट उठाएर दिने भनेका छौँ लिएको/दिएको भने छैन ।’ किन अन्तिम परीक्षामा हुबहु आयो भन्नेबारे विश्वविद्यालयबाटै जानकारी पाउन सकिने उनको भनाइ छ ।

पूर्वाञ्चल विश्वविद्यालयमा डेढ दर्जन कलेजमा स्नातक तहको पब्लिक हेल्थ विषयको पढाइ हुन्छ । प्रत्येक कलेजमा ४० जना विद्यार्थीको कोटा निर्धारण गरिएको छ ।
 
छानबिन हुन्छ : सहायक परीक्षा नियन्त्रक

पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका सहायक परीक्षा नियन्त्रक नीरजकुमार मिश्रले एउटै प्रश्न आएको विषयमा छानबिन हुने बताए । प्रश्न मिलेको भन्ने कुरा आएपछि सोही विषयमा छलफल गर्न आइतबार बैठकसमेत बोलाएको मिश्रले बताए ।

‘हामीले प्रश्नपत्र मगाएका छौँ, बैठक बसेर छलफल हुन्छ । यस विषयमा छानबिन गरेर दोषी पाइएमा कारबाही हुन्छ,’ सहनियन्त्रक मिश्रले भने, ‘हामीले शिक्षकलाई विश्वास गर्ने हो, शिक्षक वा जोसुकै होस्, दोषी पाइएमा कारबाही गर्छौँ ।’
- नयाँ पत्रिका
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>