सिनेमाको पर्दामा अभिनेत्री रेखा थापा जसरी निडर, निर्भीक र साहसिलो भूमिकामा देखापर्छिन्, त्यसैगरी सिनेमाभन्दा बाहिर पनि उनको व्यवहार, बोल्ने शैली त्यस्तै हुने गरेको छ। मलेसियामा हालै सम्पन्न फिल्म अवार्डमा पनि उता नगएर उनले नेपालमै रहँदा पनि अवार्ड पाएका अभिनेत्रीहरूभन्दा बढी चर्चा र परिचय बटुलिन्। ‘नेफ्टा फिल्म अवार्ड’ले प्राविधिकहरूको शोषण गरेको र उनीहरूलाई अन्यायमा पारेको अभिव्यक्ति दिएकी रेखासँग यिनै कुराहरू खोतल्ने प्रयास गरियो।
० रेखा थापा किन विवादमा?
– विवादमा होइन, गलत कुराहरूको भण्डाफोर गरेकी हुँ।
० फिल्म अवार्डमा त्यस्तो गलत के भएछ र?
– चलचित्र प्राविधिक सङ्घले गरेको अवार्डमा प्राविधिकहरूकै मानमर्यादा गरिएन अनि उनीहरूको शोषण गरियो।
० त्यो त सङ्घको कुरा हो। तपाईंको टाउको किन दुख्यो?
– दुख्छ नि। एउटै क्षेत्र भएपछि प्राविधिकहरूलाई अलग राख्न अरूले सक्लान् तर म सक्दिनँ। अनि नेपालमा चलचित्र क्षेत्रलाई यो ठाउँमा पुर्या्उन चलचित्र प्राविधिकहरूको ठूलो हात छ। उनीहरूको अवमूल्यन गरेको म हेर्न सकिनँ।
० कसरी भयो अवमूल्यन?
– त्यो अवार्डमा मलेसिया जान पाउनेहरूमा कति थिए चलचित्र प्राविधिकहरू? आयोजकले नाम भन्न सक्दैन। प्राविधिकहरूको नाममा आफ्ना श्रीमतीलाई प्लेन चढाएर मलेसिया लाँदैमा अवार्ड सफल हुन्छ? चलचित्र प्राविधिक सङ्घसँग आबद्ध सदस्यहरू नै जान पाएनन् अवार्डमा। केही बाठाहरू उडे अरू हेरेको हेरै।
० तपार्इंको नामचाहिँ कसरी दुरुपयोग भयो नि?
– मलाई थाहा नै नदिईकन मेरो अनुमतिबिना प्रचारसामग्रीमा फोटो हालियो। म पछि रेखा फाउन्डेसनको कामले गर्दा नजाने भएपछि रेखाले धोका दिइन् भनेर हल्ला गरियो। धोका मैले होइन एउटी सेलिबे्रटीको तस्बिरको गलत प्रयोग गरेर उनीहरूले ठूलो गल्ती गरेका छन्। बाहिर देशमा भएको भए मुद्दा लाग्दथ्यो र लाखौँ तिर्नुपर्दथ्यो उनीहरूले।
० अवार्ड त तपाईंलाई दिन्छु भनेका थिए रे नि?
– त्यस्तो पनि अवार्ड हुन्छ। पहिले नै यसलाई र उसलाई दिने भनेर निश्चित भएको अवार्ड कस्तो होला? सहजै अनुमान लगाउन सकिन्छ। नेफ्टा अवार्डको कुनै विश्वसनीयता नै रहेन।
० खासमा रेखाको चित्त नबुझेकोचाहिँ कहाँ हो?
– एक त मेरोबारेमा गलत प्रचार, अर्को कुरा चलचित्रमा दिनरात भनेर काम गर्ने प्राविधिकहरूको शोषण। वास्तविक प्राविधिकहरू त्यो अवार्डमा जानबाट वञ्चित भएका छन्। जसले अवार्ड पाए उनीहरूलाई हार्दिक बधाई र कार्यक्रममा सहभागी हुन आउनुभएका दर्शकहरूलाई धन्यवाद।Latest LokGeet + More VideosLatest Today Various Entertainment + More Videos
० रेखा थापा किन विवादमा?
– विवादमा होइन, गलत कुराहरूको भण्डाफोर गरेकी हुँ।
० फिल्म अवार्डमा त्यस्तो गलत के भएछ र?
– चलचित्र प्राविधिक सङ्घले गरेको अवार्डमा प्राविधिकहरूकै मानमर्यादा गरिएन अनि उनीहरूको शोषण गरियो।
० त्यो त सङ्घको कुरा हो। तपाईंको टाउको किन दुख्यो?
– दुख्छ नि। एउटै क्षेत्र भएपछि प्राविधिकहरूलाई अलग राख्न अरूले सक्लान् तर म सक्दिनँ। अनि नेपालमा चलचित्र क्षेत्रलाई यो ठाउँमा पुर्या्उन चलचित्र प्राविधिकहरूको ठूलो हात छ। उनीहरूको अवमूल्यन गरेको म हेर्न सकिनँ।
० कसरी भयो अवमूल्यन?
– त्यो अवार्डमा मलेसिया जान पाउनेहरूमा कति थिए चलचित्र प्राविधिकहरू? आयोजकले नाम भन्न सक्दैन। प्राविधिकहरूको नाममा आफ्ना श्रीमतीलाई प्लेन चढाएर मलेसिया लाँदैमा अवार्ड सफल हुन्छ? चलचित्र प्राविधिक सङ्घसँग आबद्ध सदस्यहरू नै जान पाएनन् अवार्डमा। केही बाठाहरू उडे अरू हेरेको हेरै।
० तपार्इंको नामचाहिँ कसरी दुरुपयोग भयो नि?
– मलाई थाहा नै नदिईकन मेरो अनुमतिबिना प्रचारसामग्रीमा फोटो हालियो। म पछि रेखा फाउन्डेसनको कामले गर्दा नजाने भएपछि रेखाले धोका दिइन् भनेर हल्ला गरियो। धोका मैले होइन एउटी सेलिबे्रटीको तस्बिरको गलत प्रयोग गरेर उनीहरूले ठूलो गल्ती गरेका छन्। बाहिर देशमा भएको भए मुद्दा लाग्दथ्यो र लाखौँ तिर्नुपर्दथ्यो उनीहरूले।
० अवार्ड त तपाईंलाई दिन्छु भनेका थिए रे नि?
– त्यस्तो पनि अवार्ड हुन्छ। पहिले नै यसलाई र उसलाई दिने भनेर निश्चित भएको अवार्ड कस्तो होला? सहजै अनुमान लगाउन सकिन्छ। नेफ्टा अवार्डको कुनै विश्वसनीयता नै रहेन।
० खासमा रेखाको चित्त नबुझेकोचाहिँ कहाँ हो?
– एक त मेरोबारेमा गलत प्रचार, अर्को कुरा चलचित्रमा दिनरात भनेर काम गर्ने प्राविधिकहरूको शोषण। वास्तविक प्राविधिकहरू त्यो अवार्डमा जानबाट वञ्चित भएका छन्। जसले अवार्ड पाए उनीहरूलाई हार्दिक बधाई र कार्यक्रममा सहभागी हुन आउनुभएका दर्शकहरूलाई धन्यवाद।